हेटौंडा/बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आयोजना तथा मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा कृषि तथा पशुपक्षी विकाससम्बन्धि एक दिवसीय अभिमुखीकरण गोष्ठी बिहीबार हेटौंडामा सम्पन्न भएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोदसिंह रानाभाटको सभाध्यक्षता तथा बागमती प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा निर्देशनालयका निर्देशक डा. गौरीमान श्रेष्ठको विशिष्ट आतिथ्यता थियो भने मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत झरना पन्थी, मकवानपुर उद्योग वाणिज्य संघ सचिव कुलप्रसाद चौलागार्इं, कृषि प्रवद्र्धन समिति संयोजक निलमकुमारी पाण्डेलगायतको आतिथ्यता
थियो ।
थियो ।
कार्यक्रममा संघ अध्यक्ष रानाभाटले कृषकहरुलाई आफ्नो कार्यक्षेत्रमा दक्ष भएर काम गर्न सघाउने हिसाबले कार्यक्रम आयोजना गरिएको बताए । उनले कार्यक्रमका प्रशिक्षकहरुबाट प्रदान हुने जानकारीहरु कृषकहरुका लागि महत्वपूर्ण हुने बताए । निर्देशक श्रेष्ठले मकवानपुर जिल्ला कृषिका लागि सम्भावनायुक्त रहेको बताए । किबी, च्याउ जस्ता कृषि उपजहरु आयबृद्धिका लागि सम्भावनायुक्त रहेको, कृषि पर्यटनको पनि मकवानपुर जिल्लामा सम्भावना रहेको, कृषकले उत्पादन गर्न जानेका हुन्छन् र त्यसको बजार व्यवस्थापनका लागि उद्योग वाणिज्य संघसँग सहकार्य अत्यावश्यक हुने उनको भनाइ
थियो ।
थियो ।
एक गाउँ, एक उत्पादनको अवधारणामा पनि उद्योग वाणिज्य संघसँग मिलेर काम गर्न सकिने उनको धारणा थियो । प्रदेश सरकारले साना सिचाईं कार्यक्रमहरु महत्वसाथ गरिरहेको, प्रदेश सरकारले स्वदेशी कच्चा पदार्थमा आधारित कृषिऔजार कारखानालाई मद्धत गरिरहेको, ३८ करोड लागतमा प्रादेशिक कृषि थोक बजार हेटौंडामा निर्माण भइरहेको, संविधानले स्थानीय तहलाई कृषिको महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोलगायत भनाइहरु उनको थियो ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ महासचिव प्रतिमा श्रेष्ठले मन्तव्य राखेकी थिइन् भने सहभागीहरुले कृषकलाई न्यूनतम् र अधिकतम् कति कर्जा पाइने जानकारी नभएकाले कार्यक्रममा त्यस विषय जोडिने अपेक्षा गरेको, एकल महिलालाई कृषिकर्जा प्रवाह जटिल रहेको भनाइ राखे । निर्देशक डा. श्रेष्ठले पशुपक्षी तथा मत्स्य विकाससम्बन्धि विभिन्न विषयहरु समेटी प्रस्तुतिकरण दिएका थिए । वरिष्ठ कृषि प्रसार अधिकृत पन्थीले कृषिसम्बन्धमा कार्यपत्र प्रस्तुतिकरण
गरिन् ।
गरिन् ।
कार्यक्रममा कृषि विकास बैंकका अधिकृत सञ्जय बिष्टले बैंकिङ विषय, कर्जाप्रवाह तथा अनलाइन बैंकिङ जस्ता विषयहरु समेटी प्रस्तुतिकरण गरे । संघका कृषि प्रवद्र्धन समिति सदस्य तथा युवा कृषि उद्यमी फेञ्चु लामाले विषादीले मानवजीवनमा पार्ने असर, विषादीको सुरक्षित प्रयोग तथा भण्डारण, कृषि तथा पशुपालनमा सम्भावना र चुनौती, बजार व्यवस्थापन आदि विषयहरु समेटी प्रस्तुतिकरण गरे । कार्यक्रममा मकवानपुर जिल्लाका मनहरी, राक्सिराङ, कैलाश, थाहा, इन्द्रसरोवर, भीमफेदी, मकवानपुरगढी, बकैया र हेटौंडाका कृषकहरुसहित ५५ जनाको सहभागिता थियो ।