हेटौंडा/मकवानपुरको बिकट राक्सिराङ गाउँपालिकाले पालिकाका दुर्गम भेगहरुबाट बसाईंसराइ गरेर सुगम पालिकामा जाने प्रवृत्ति निरुत्साहित गरी अन्यत्रबाट गाउँपालिकाभित्र बसाईं सरेर आउन आकर्षित गर्न घर ‘उपहार’ कार्यक्रम लागु गर्ने नीति बनाएको छ ।
आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६३ करोड ५२ लाख ३१ हजार २ सय ८९ रुपियाँको बजेट ल्याइएको मंगलबारको गाउँसभामार्फत् उक्त घोषणा गरिएको हो । उक्त बजेट अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को तुलनामा ८ करोड ९० लाख ५८ हजार रुपिया“ले बढी हो ।
पालिकाले पालिकामा मनिसलाई आकर्षित गर्न ल्याएको निकै महत्वाकांक्षी देखिएको छ घर ‘उपहार’ कार्यक्रम । उक्त कार्यक्रमअन्तर्गत् पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको पनि छ । पालिकाको गाउ“सभाले सार्वजनिक गरेको बजेट सर्वसम्मत् पारित गरि“दा उक्त बुँदा प्राथमिकतामा समावेश गरिएको हो । पालिकाले नीति तथा कार्यक्रममा एउटा बेग्लै योजना समावेश गरेको राक्सिराङका गाउँ रित्तिँदै गएपछि त्यहाँ बसाईं सरेर आउने प्रतिपरिवारलाई एउटा घर उपहार दिने निर्णय गरेको थियो । प्राप्त निवेदनका आधार बजेट सुनिश्चित गरेर घर बनाइदिने कार्यक्रम ल्याइएको हो ।
दुर्गम भेगबाट बसाईं सरी सुगम भेगतर्फ जाने प्रवृत्ति निरुत्साहित गर्ने उद्धेश्यले अन्यत्रबाट बसाईं सरेर आउनेलाई घर उपहार दिने योजना पालिकाले बनाएको हो । अन्यत्रबाट पालिकाभित्र बसाईं सर्न ‘सुन्दर समाज हाम्रो सार–बसाईं सरी आउनेलाई घर उपहार’ कार्यक्रम सञ्चालन गरिएको छ । गाउ“सभामा पालिका अध्यक्ष राजकुमार मल्लले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त विषय उल्लेख भएको हो । दुर्गम क्षेत्रबाट बसाईं सरी सुगम र सहरी क्षेत्रमा जानेको संख्या बढेपछि त्यसलाई निरुत्साहित गर्न घर उपहार कार्यक्रम घोषणा गरिएको पालिका अध्यक्ष मल्ल बताउ“छन् । ॅपालिकाबाट बसाईंसराइ गरी सुगममा जाने क्रम बढ्न थालेपछि त्यसलाई रोक्न घर उपहार योजना ल्याइएको हो,’ उनको भनाइ छ ।
उक्त गाउ“पालिकाको विशेषता यतिमै सीमित छैन । पालिकाले गा“जाखेतीको बसह गर्ने नीति बनाएको छ । विभिन्न अनुसन्धानहरुबाट औषधीय गुणयुक्त प्रमाणित भएको वनस्पति गाँजाको व्यवस्थित खेतीलाई विश्वका कयौं देशले वैधानिकता दिइसकेको र पालिकाभित्र पनि ठूलो मात्रामा यसको व्यावसायिक खेतीको सम्भावना भएकाले यसको बहस गरिने बताइएको छ ।
कपडा, औषधी, तेल र अचार उत्पादन गर्न सकिने बहुउपयोगी गाँजालाई वैधानिकता प्रदान गर्न विज्ञ एवम सरोकारवालाको सहभागितामा गा“जाबारे बहस तथा अनुसन्धान गरी यस विषयलाई राष्ट्रिय महत्वको विषयका रुपमा प्रदेश तथा संघीय सरकारसमक्ष आवश्यक पहल गरिने बताइएको छ ।
यो त्यही पालिका हो, जहाँ निर्वाचनमा दोहोरिन सक्ने सम्भावित जनप्रतिनिधिले गत कार्यकालको अन्तिमतिर आफूहरुले पाउँदै आएको सरकारी सुबिधा त्यागेको स्वघोषणा गरेका थिए । अन्तिम कार्यपालिका बैठक बस्दै जनप्रतिनिधि भएबापत् आफूहरुलाई प्राप्त सरकारी सवारी तथा तलबभत्ता अब त्याग गरेको घोषणा गरिएको थियो । पालिका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्यसहित बैठकले आफूहरुले नैतिकताका आधारमा सरकारी सुबिधा त्याग गरेको घोषणा गरेका थिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी अध्यक्ष मल्ल, उपाध्यक्ष निर्मला हिमडुङसहित कांग्रेस र अन्य दलबाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यबीच अन्तिम कार्यपालिका बैठकमा एकअर्कालाई फूलमाला र अबीर लगाएर उनीहरु बिदा भएका थिए । पालिकामा अधिकांश सीमान्तकृत प्रजाको बसोबास छ । साक्षरता दर करिब ७० प्रतिशत् रहेको पालिकामा प्रजाहरु करिब ४४ प्रतिशत् छन् ।