हेटौंडा/बकैया गाउँपालिकामा आवासीय विद्यालयको आवश्यकता रहेको भन्दै स्थानीयले आवासीय विद्यालय माग
गरेका थिए । सोमबार बकैयामा भएको आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रममा सुझाव संकलन अन्तत्र्रिmयामा बकैयाका स्थानीयले उक्त माग राखेका हुन् । आगामी आवको नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा पालिकाले सुझाव संकलन एवम् अन्तत्र्रिmया कार्यक्रम गरेको हो ।
कार्यक्रममा स्थनीयले गाउँमा विद्यालय जाने अभिभावकविहीन विद्यार्थीको संख्या बढ्दै गएकाले उनीहरुलाई लक्षित गरी स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नु आवश्यक रहेको औंल्याएका थिए । विद्यालयको अध्ययनपश्चात् पलायन हुने विद्यार्थी रोक्न स्थानीय सरकारले चासो दिनु जरुरी रहेको स्थानीयको माग छ ।
छलफलका क्रममा तरकारी, फलफूल र मुख्य आम्दानीको दीगोपनाका लागि विशेष पहल गर्नुपर्ने, भौतिक पूर्वाधार क्षेत्रमा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा पुग्ने वा अर्को जिल्लामा जोड्ने सडक व्यवस्थित बनाउन पालिकाले बजेट विनियोजन गर्नुपर्ने, नदी, खोलानाला नियन्त्रणका लागि गुरुयोजना निर्माण, धार्मिक पर्यटकीय क्षेत्र पहिचान र प्रवद्र्धन गरी आन्तरिक राजस्व वृद्धि, विगतका योजनालाई अध्ययन गरी आगामी आवमा आवश्यक योजना छनौट, सामाजिक संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा एकीकृत सामाजिक सुधार र विपद् व्यवस्थापनका लागि पूर्वतयारी गर्न संघ, प्रदेश र स्थानीय तहको एकद्वार प्रणाली हुनुपर्ने स्थानीयको माग छ ।
कार्यक्रममा पालिका अध्यक्ष लामिछानेले पालिकाको मात्र स्रोतमा आवासीय विद्यालय सञ्चालन गर्न सम्भव नरहेको भन्दै प्रदेश र संघीय सरकारसँग समन्वय र सहकार्य गरिने बताए । पालिकाको सहकार्य र अन्य सस्थाको सहयोगमा बकैया–५ मा अवस्थित गीतावर आधारभुत विद्यालयमा आवासीय विद्यालय सञ्चालनमा ल्याएको बताउँदै सञ्चालनमा समस्या आएको बताए । कार्यक्रममा अध्यक्ष लामिछानेले प्रदेश सरकारले स्थानीय सरकारले जति पनि काम गर्न नसकेको भन्दै स्थानीय सरकारले नै उत्पादनसँग नागरिकलाई जोड्ने गरी कार्य गर्दै आएको दाबी गरे ।
विगतका दिनमा योजना धेरै राखेर बजेट निर्माण गर्ने तर कार्यन्वयन आधामात्र हुने गरेको भन्दै उक्त समस्या समाधानका लागि अतिआवश्यक विकासे बजेट निर्माण गर्नुपर्नेमा अध्यक्ष लामिछानेको जोड थियो । पालिकाले बजेट निर्माण गर्दा उत्पादन क्षेत्रमा लगानी गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै आवश्यकताका आधारमा हरेक वडामा बजेट विनियोजन गर्ने उनले जनाए ।