22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडामा १९ प्रतिशत् बढाएर झण्डै ३ अर्बको बजेट
spot_img

हेटौंडामा १९ प्रतिशत् बढाएर झण्डै ३ अर्बको बजेट

spot_img

हेटौंडा/बागमती प्रदेशको राजधानी एकमात्र उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार बसेको नगरसभा बैठकमा उपप्रमुख राजेश बानियाँले बजेट प्रस्तुत गरेका हुन् ।

गत वर्षको तुलनामा १९ प्रतिशत् वृद्धि गरिएको बजेटमा आन्तरिक आय, राजस्व बाँडफाँट, संघीय–प्रदेश सरकारको अनुदान र नगर विकास कोषको ऋणलाई स्रोतका रुपमा उल्लेख गरिएको छ । उपमहानगरले आन्तरिक आयबाट ६२ करोड ७६ लाख, राजस्व बाँडफाँटबाट ९२ करोड ७० लाख, संघीय सरकारबाट १ अर्ब १९ करोड ५० लाख, प्रदेश सरकारबाट ११ करोड ४५ लाख र नगर विकास कोषको ऋणबाट ३ करोड ६० लाख रुपियाँ प्राप्त हुने अनुमान गरेको छ ।

- Advertisement - Ad Banner

बजेटमा सामाजिक र पूर्वाधार विकासमा जोड दिइएको छ । प्रशासनिक खर्चका लागि ५९ करोड ६५ लाख, सुशासनतर्फ ३ करोड ८८ लाख, शिक्षामा ५ करोड ५१ लाख र स्वास्थ्य सेवामा २ करोड ७८ लाख बजेट विनियोजन गरिएको छ । हेटौंडा अस्पतालमा बाल एनआईसीयु र पीआईसीयु सेवा सञ्चालनका लागि २ करोड रुपियाँ छुट्याइएको छ ।

उपमहानगरले आगामी आवमा हेटौंडा अस्पतालमा निर्माण थालनी गरिएको एक सय बेडको बाल तथा प्रसुतिकक्षको अधुरो निर्माण कार्यलाई सम्पन्न गरी एनआईसीयु र पीआईसीयु सेवा सञ्चालन गरिने जनाएको छ । एनआईसीयु सेवा अभावमा हेटौंडामा नवजात शिशुको जन्म समयमा उपचारका लागि चितवन धाउनुपर्ने बाध्यात्मक अवस्था हट्ने विश्वास लिइएको छ । भुटनदेवी माविमा मेघा विद्यालयँ पूर्वाधार निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ ।

सामाजिक समावेशीकरण र ज्येष्ठ नागरिक कार्यक्रमका लागि १ करोड ३३ लाख, न्यायिक समिति व्यवस्थापनमा ७५ लाख, सँस्कृति प्रवद्र्धनमा १ करोड २० लाख, सामाजिक विकास कार्यक्रमअन्तर्गत् १६ करोड ८३ लाख विनियोजन गरिएको छ । वातावरण र विपद् व्यवस्थापनमा हरियाली, जलवायु, फोहोरमैला व्यवस्थापन, नाला, ढल, खानेपानी र सरसफाइका लागि ३ करोड १५ लाख बजेट छुट्याइएको छ भने वातावरण विकास कोषमार्फत् ६ करोड २० लाख विनियोजन गरिएको छ ।

खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय महिला फुटबल, मेयर कप, उपमेयर कपलगायत प्रतियोगिताका लागि २ करोड ५५ लाख रुपियाँ छुट्याइएको छ । सिप विकास, खेलसामग्री र पूर्वाधार विस्तारलाई पनि प्राथमिकता दिइएको छ । आर्थिक विकास क्षेत्रमा ४
करोड ६९ लाख बजेट विनियोजन गर्दै स्वरोजगार कार्यक्रम, काष्ठकला, चिज उद्योग, खोस्टाबाट चकटी बनाउने तालिम सञ्चालन गरिनेछ । हेटौंडा–११ मा अटोभिलेज, हेटौंडा–१४ मा वाटर फनपार्क, हेटौंडा–१० मा गंगा आरतीस्थलका लागि बजेट छुट्याइएको छ । उपमहानगरले निर्माणाधीन एकीकृत बसपार्क तथा टर्मिनल भवन सञ्चालनमा ल्याउन ४ करोड बजेट व्यवस्थापन गरेको छ । महिला, बालबालिका तथा समावेशीकरण र ज्येष्ठ नागरिकका कार्यक्रमका लागि १ करोड ३३ लाख ३५ हजार रुपियाँ बजेट विनियोजन गरिएको छ ।

केही वर्षअघिसम्म दुई सन्तान–ईश्वरका वरदानँ भन्ने नारा अवलम्बन गरेको उपमहानगरले आगामी आर्थिक वर्षबाट तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको छ । उपमहानगर प्रमुख मीनाकुमारी लामाले नगरसभामा पेश गरेको नीति तथा कार्यक्रमको ९३ औं बुँदामा तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्न कोष खडा गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

उपमहानगरले आयोजना बैंक कार्यान्वयनमा ल्याउने भएको छ । नगर प्रमुख लामाले आगामी आर्थिक वर्षबाट आयोजना बैंक कार्यान्वयनमा ल्याउने बताएकी हुन् । उनले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै योजना तर्जुमा प्रणालीलाई व्यवस्थित गर्न आयोजना बैंकको व्यवस्थापनमा सूचना प्रणाली निर्माण गरिने बताइन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि होटल एसोसिएसनसँगको सहकार्यमा सिटी टुर कार्यक्रम थालनी गरिने छ । तामाङ र नेवा भाषाको प्रवद्र्धन गर्न स्थानीय पाठ्यक्रमका रुपमा विद्यालय तहमा पठनपाठनका लागि आवश्यक व्यवस्था मिलाइने छ । चुरे सुरुङको पर्यटकीय सम्भावना अभिवृद्धि गर्न संघ र प्रदेश सरकारको समन्वय एवम् सहकार्यमा प्रवद्र्धनात्मक कार्य गरिने छ ।

‘मेयरसँग जनता स्वास्थ्य कार्यक्रमँ अन्तर्गत् ज्येष्ठ नागरिक, अपांग तथा एकल महिला/पुरुषलाई प्राथमिकतामा राखी समुदायस्तरमा कार्यक्रम सञ्चालन गर्ने नीति उपमहानगरको छ । नगर क्षेत्रमा उत्सर्जन हुने फोहोरमैलाको दीगो व्यवस्थापन गर्न सार्वजनिक–निजी साझेदारी अवधारणामा फोहोर व्यवस्थापन कार्यलाई उपमहानगरले निरन्तरता दिने भएको छ । डिजिटल सिटीको अवधारणालाई अघि बढाउने नीतिसमेत उपमहानगरपालिकाको छ । किसान सूचीकरण आगामी आवमा सम्पन्न गर्ने, किसान वर्गीकरण र किसान परिचयपत्र वितरण गरिनेछ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि