हेटौंडा/औषधी व्यवसायी संघ मकवानपुरले स्थापना दिवसका अवसरमा हेटौंडा–११ स्थित शंकरज्योति माविलाई विविध सामग्रीहरु हस्तान्तरण गरेको छ ।
कार्यक्रम संघ अध्यक्ष नारायणलाल श्रेष्ठले केक काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यालयलाई शैक्षिक सामग्री, डिजिटल घडी, प्राथमिक उपचार बाकसलगायत सामग्री विद्यालयका प्रअ महेशकुमार रिजाललाई हस्तान्तरण गरिएको हो । औषधी व्यवसायी संघ केन्द्रीय सदस्य कपिला जोशीले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई नगद ५ हजार ५ सय सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।
संघ जिल्ला अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रम अनिश सुबेदी र किसन न्यौपानेको संयोजकत्वमा भएको हो । कार्यक्रममा केन्द्रीय सदस्य जोशी, बागमती प्रदेश सदस्य संघर्ष गुरुङ, जिल्ला महासचिव भरत कार्की, सचिव यादब अर्याल, सल्लाहकार विष्णु थापा, विद्यालयका प्रअ रिजालसहित शिक्षकहरुको आतिथ्यता थियो । संघले विद्यालयलाई परेका समस्यामा हातेमालो गर्दै जाने प्रतिवद्धता जनाएको छ ।