हेटौंडा/हेटौंडामा नेकोस कप राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल स्केटिङ तथा स्केटबोर्ड संघको आयोजनामा हेटौंडामा सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो ।
प्रतियोगितामा १२ वर्षमुनिका महिला, पुरुष तथा १२ वर्षमाथिका महिला, पुरुष सहभागी थिए । जसअन्तर्गत् पुरुषतर्फ १२ वर्षमुनि डिकन महतरा प्रथम, आयुस स्यांतान द्वितीय भए भने १२ वर्षमाथि बज्र दोङ प्रथम, सुनील लामा द्वितीय र आयुश रुम्बा तृतीय भएका छन् ।
महिलातर्फ १२ वर्षमुनि सुरक्षा प्रधान प्रथम, कल्पना राई द्वितीय, समिस्ता प्रधान तृतीय भए । १२ वर्षमाथि मुस्कान मगर प्रथम, नायना शाक्य द्वितीय, आयुष्मा शाहीठकुरी तृतीय भएका छन् । प्रतियोगितामा महिलातर्फ १२ वर्षमुनि रश्मि सूचीकार, १२ वर्षमाथि निशिका लामा र पुरुषतर्फ १२ वर्षमाथि सुशील श्रेष्ठ उत्कृष्ट खेलाडी बन्न सफल भएका छन् । करिब १ सय जनाको सहभागिता रहेको प्रतियोगिताको मकवानपुरको बागमती गाउँपालिका अध्यक्ष सके‘श घलानले उद्घाटन गरेका थिए ।