हेटौंडा/मकवानपुर जिल्ला सहकारी संघको आयोजना एवम् बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा दुई दिने सहकारी व्यवस्थापन तथा सुदृढीकरण तालिम सम्पन्न भएको छ । आइतबार सुरु तालिम सोमबार सम्पन्न भएको हो ।
तालिम समापनको अवसरमा मकवानपुर जिल्ला सहकारी संघ अध्यक्ष नारायणप्रसाद देबकोटाले सहकारी सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुको इमान्दार प्रयासले सहकारी सुदृढ हुने बताए । अध्यक्ष देबकोटाले सहकारीले समाजको सकारात्मक परिवर्तनमा महत्वपूर्ण भूमिका निभाएको बताए ।
तालिममा मकवानपुर जिल्लाका सहकारी संघ, संस्थाका सञ्चालक समिति तथा लेखा समितिका पदाधिकारी र कर्मचारी गरी ४० जनाको सहभागिता रहेको मकवानपुर जिल्ला सहकारी संघ व्यवस्थापक गोबिन्द दाहालले बताए । तालिम समापन समारोहमा मकवानपुर जिल्ला सहकारी संघ उपाध्यक्ष मेनुका घिमिरे दाहाल, सञ्चालक सदस्य शर्मिला डंगोललगायतको आतिथ्यता थियो ।
तालिममा सहकारी प्रशिक्षक नवराज खनाल र राष्ट्रिय सहकारी बैंक बागमती प्रदेश कार्यालय प्रमुख रामेश्वर अर्यालले सहजीकरण गरेका थिए । तालिकको बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।