22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाएन्फाका खेलाडीलाई खेलसामग्री
spot_img

एन्फाका खेलाडीलाई खेलसामग्री

spot_img

हेटौंडा/हेटौंडा एकेडेमी विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका खेलाडीलाई खेलसामग्री वितरण गरिएको छ । प्रशिक्षणरत् २८ जना खेलाडीका लागि बल, जर्सी, नेट, कोन, जुराफ, टीसर्टलगायत सामग्री सहयोग गरिएको हो । एन्फा एकेडेमी संयोजक अरुणराज सुमार्गी, सहसंयोजक अमृत लुङ्बा, हेटौंडा एकेडेमी सञ्चालक समिति सदस्य अंकिता सुमार्गीलगायतले खेलाडीलाई खेल सामग्री हस्तान्तरण गरेका हुन् । एन्फा एकेडेमीका कप्तान सुनीलकुमार सुर्खेतीलाई सामग्री हस्तान्तरण गरिएको थियो ।

एन्फा एकेडेमी हेटौंडाका संयोजक अरुणराज सुमार्गीले हेटौंडा एकेडेमीमा १३ वर्षमुनिका ५० विद्यार्थी भर्ना गर्न अनुमतिप्राप्त भएको जानकारी दिए । ॅहामी आफैंले पनि प्रशिक्षकको व्यवस्था गरेर प्रशिक्षण गराइरहेका छौं,’ उनले भने–शिक्षासँगै खेलकुदलाई पनि अघि लैजाने अवसर प्राप्त भएकोमा खुशी छौं । सुमार्गी खेलाडीहरुलाई खेलसँगै पढाइमा ध्यान दिन अनुरोध गरे । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारीसहितको उपस्थिति थियो । अघिल्लो वर्षको बाढीपहिरोका कारण सिस्नेरीको बत्सलादेवी माविबाट एन्फा एकेडेमी सारेर हेटौंडा एकेडेमीमा ल्याइएको छ । यहा’ विभिन्न जिल्लाबाट युवा फुटबलर प्रशिक्षणसँगै अध्ययन गरिरहेका छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि