22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबालसञ्जाल पुनर्गठन प्रक्रियाप्रति असन्तोष
spot_img

बालसञ्जाल पुनर्गठन प्रक्रियाप्रति असन्तोष

spot_img

हेटौंडा/हेटौंडा उपमहानगरपालिकामा नगर बालसञ्जाल पुनर्गठन भएको छ । यद्यपि, उक्त पुनर्गठन प्रक्रियाप्रति पुरानो कार्यसमितिका सदस्य र सरोकारवाला बालबालिकाले असन्तोष व्यक्त गरेका छन् । नगर बालसञ्जालको कार्यकाल दुई वर्षको तय भए पनि हालको कार्यसमिति गठन भएको एक वर्षमै पुनर्गठन गरिएको हो । यसले नियमविपरीत भएको भन्दै आवाज उठाइएको छ । पुनर्गठन प्रक्रिया स्वयम्‌प्रति पनि गम्भीर प्रश्न उठेका छन् । न पुरानो समितिका अध्यक्ष वा पदाधिकारीको राय लिइएको, न त कुनै मतदान, छनौट वा परामर्शको माध्यम अपनाइएको थियो । त्यसको सट्टा उपमहानगरअन्तर्गत् १९ वटै वडाबाट दुई–दुई जना बालबालिकालाई बोलाइ पुनर्गठन गरिएको थियो । उक्त प्रक्रिया औपचारिक, सहभागीमुखी वा विधिसम्मत् नभएको आरोप लागेको छ ।

बालअधिकारको क्षेत्रमा कार्यरत् स्थानीय स्रोतहरुका अनुसार नगर बालसञ्जालजस्तो संरचना पुनर्गठन गर्दा नेतृत्वमा रहेकाहरुको राय, अनुभव र योगदानको कदर गर्नुपर्ने हो । तर, यहा’ सरोकारवालाको नै उपेक्षा गरिएको देखिन्छ । कार्यक्रम कुनै औपचारिक कार्यविधि, नियमावली वा सविनय संवादको आधारमा नभइ एकतर्फीढंगले सम्पन्न गरिएको आरोप पनि उस्तै रुपले उठेको छ । हालसम्म उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुखको तर्फबाट औपचारिक प्रतिक्रिया आएको छैन । उक्त घटनाले बालबालिका समावेशीकरण र नेतृत्व विकासका नाममा बनाइएका संरचनाको सार्थकता र प्रक्रियागत् पारदर्शितामाथि प्रश्न उठाएको देखिन्छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि