हेटौंडा/बागमती प्रदेश सरकारले असार १ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा मुख्यमन्त्री बहादुरसिंह लामाले नै असन्तुष्टि जनाएका छन् । धुलिखेलमा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशको छैठौं प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस शिविर उद्घाटन गर्दै मुख्यमन्त्री लामाले सबैतिर बजेट छरिँदा कतै पनि प्रभावकारी काम हुन नसकेको स्वीकार गरेका छन् । मुख्यमन्त्री लामाले भने–यति धेरै योजना भयो कि योजना कता हो कता भयो । मलाई पहिला सम्झना छ, तित्राको बच्चा नभेटेजस्तै भयो । हामीले सबैतिर आँखा लगायौ । तर, तित्राको बच्चा कहिल्यै पनि भेटिएन । पछि थाहा भयो, एउटालाई मात्र हेर्यो भने सम्भव हुने रहेछ, धेरै तित्राको बच्चा हेर्यौं भने एउटा पनि नभेटिने रहेछ ।
भर्खरै उडेर एक ठाउँबाट अर्को ठाउँमा पुुगेको तित्रा फेरि पहिलेजस्तै गरी उड्न सक्दैन । उसले पहिलो पटकमा नै लामो वेग हान्न सक्दैन । त्यसमाथि पनि लगत्तै दोस्रो पटक उड्नसक्ने सामर्थ्य त्यो तित्रासँग हुँदैन । तित्राले ठूलो आवाजमा कराउँदा शिकारीको पञ्जामा पर्ने सम्भावना बढी हुन्छ । शिकारीबाट उम्कन भागेर दौडन्छ । सके उडेर लामो वेग हान्छ, नसके भुुइँमा खस्छ । त्यतिबेला दौडन पनि नसके उसले त्यही झाडीबाट पतिंगरमा मुन्टो लुकाउँछ र सुरक्षित महसुुस गर्दछ । तर, शिकारले उसलाई भेटिसकेको हुन्छ । शिकार गरेर लैजान्छ । खान्छ, तित्राको जीवन सकिन्छ । यसरी तित्राको जीवन सकिनुुमा उसले ठूलो स्वरमा बास्नुु नै हो । त्यही कारण नेपाली समाजमा ॅतित्राको मुुखै वैरिँ भन्ने भनाइ प्रख्यात भएको हो ।
कायर र काँतर मानिसले पनि दुुष्मनको सामना गर्न नसकेपछि त्यसैगरि मुन्टो लुुकाएर कायरता प्रर्दशन गर्ने गर्दछ अनि हाम्रो समाजमा यससँग तुुलना गर्ने गरिन्छ । त्यही कारण तित्राको फरक स्वभाव र जीवनशैली हुनुु अनौठो होइन । सृष्टिमा भएका एक जीवले अर्कोलाई खान्छ र आहारा बनाउँछ । योजनाको प्राथमिकीकरण गर्न नसकेको उनले स्वीकार गरेका छन् । आफूले १३ हजार योजनाबाट केही योजना घटाउन चाहेको भए पनि नसकेको उनले बताए । ॅपहिले नै फोहोर भइसकेका कारण सफा गर्न गह्रो भएको भयो,’ उनले भने–हाल जसरी सफा गर्नुपर्थ्यो, त्यो सकिएन ।
भनेकै ठाउँमा बजेट चाहिन्छ भन्दा महत्वपूर्ण योजना छुटेको हुनसक्ने उनले बताए । मैले भनेको ठाउ“ र उसले भनेको ठाउँ, गोठ जाने बाटो र यता जाने बाटोमा बढी केन्द्रित भएको भन्दै मुख्यमन्त्री लामाले बास्तविक योजना नपरेको बताए । छुटेका योजना सबै मिलेर आगामी दिनमा कार्यान्वयन गर्ने उनले बताएका छन् । विपद्बाट प्रभावित काभ्रे जिल्लाको निरीक्षणमा जाँदा बजेटबाट धेरै सम्बोधन गर्ने बताएका मुख्यमन्त्रीले नीति तथा कार्यक्रममा विपद् क्षेत्रलाई प्राथमिकता नदिएपछि आलोचना भइरहेको छ ।