24 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाघरमा लुकाएर अफिम, गाँजा र बन्दुक
spot_img

घरमा लुकाएर अफिम, गाँजा र बन्दुक

spot_img

हेटौंडा/मकवानपुरको राक्सिराङबाट लागुऔषध र हातहतियार खरखजनासहित एक जनालाई पक्राउ गरिएको छ । गाउँपालिका–१ बाट लागुऔषध र हातहतियार (२ थान पेस्तोल) सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–१ बस्ने राजु स्यांतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख विश्वराज खड्काका अनुसार शनिबार स्यांतानको घरमा लुकाइराखेको अवस्थामा लागुऔषध अफिम र गाँजा बरामद भएको थियो ।

प्रहरी अनुसन्धानका क्रममा स्यांतानलाई उनकै घरअगाडि फेला पारेर शरीर तथा घरगोठ खानतलासी गर्दा उनी सुत्ने कोठाको सिरानीमुनि कपडामा बेरेर राखिएको अवस्थामा ७.६५ एमएम यसनभर्सल मेड इन इटली ०२५ लेखिएको म्याग्जिनसहितको पेस्तोल १ थान, खाली म्यागजिन थप १ थान र गोली राउन्ड १३ थान फेला परेको थियो । स्यांतानको गोठको दोस्रो तलामा मकैको खोस्टा तथा पत्करभित्र कपडामा बेरेर प्लास्टिकको झोलाभित्र राखिएको अवस्थामा कटुवा पेस्तोल १ थान र ८ एमएम लेखिएको गोली (कार्तुस) १२ राउन्ड फेला परेको प्रहरी उपरीक्षक खड्काले बताए ।

- Advertisement - Ad Banner

स्यांतानको साथबाट लागुऔषध अफिम एक किलो ३ सय १० ग्राम र गाँजा २२ किलो ८ सय ग्राम फेला परेको प्रहरी उपरीक्षक खड्काले बताए । स्यांतानलाई लागुऔषध तथा खरखजना कसुरमा मुद्धामा अनुसन्धान भइरहेको उनले बताए । उनका अनुसार पक्राउ परेका स्यांतानको विगतमा पनि आपराधिक कार्यमा संलग्न रहेर सजाय काटिसकेका थिए । स्यांतान २०७६ साउन ४ गते लागुऔषध तथा हातहतियार मुद्धामा पक्राउ परेर ५ वर्ष ६ महिना कैद सजाय काटेका थिए । सजाय भुक्तान गरी २०८१ माघ महिनामा छुटेका थिए । २०७१ मा लागुऔषध मुद्धामा स्यांतानले २ वर्ष कैद सजाय भुक्तान गरेका थिए ।

प्रहरीले लागुऔषध खैरो हेरोइनसहित हेटौंडा–२ बाट ३ जनालाई पक्राउ गरेको छ । शनिबार विहान ११ बजे प्रहरीले १ ग्राम ३४० मिलिग्राम खैरो हेरोइनसहित ३ जनालाई पक्राउ गरेको हो । २४ वर्षीया पूजा श्रेष्ठको घरमा प्रहरीले छापा मार्दा लागुऔषधसहित ३ जनालाई पक्राउ गरिएको जनाइएको छ । खोजतलास गर्ने क्रममा प्रहरीले घरधनी पुजासहित हेटौंडा–१ का २० वर्षीय रिकेश तन्डुकार र २४ वर्षीय ऋतिक भनिने राजीव तन्डुकारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर जिल्ला अदालतबाट ७ दिन म्याद अनुमति लिइ प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि