22.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा४७ व्यवसायीविरुद्ध मुद्धा
spot_img

४७ व्यवसायीविरुद्ध मुद्धा

spot_img

हेटौंडा/खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले पछिल्लो २२ महिनामा ४७ जना व्यवसायीविरुद्ध मुद्धा दायर गरेको छ । कार्यालय र मातहत डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा संकलित नमूना परीक्षणबाट देखिएको कैफियतका आधारमा उनीहरुविरुद्ध मुद्धा दायर गरिएको हो ।

कार्यालय प्रमुख काशीनाथ घिमिरेका अनुसार चालु आव २०८१/०८२ मा गरिएको अनुगमन तथा संकलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा तीन जना व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत् मुद्धा दायर गरिएको हो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा ४४ जना व्यापारीविरुद्ध मुद्धा दायर गरेको थियो । अनुगमनका क्रममा संकलन गरिएका नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुने गरी मिसावट गर्ने, म्याद गुज्रेको समान बिक्री गर्ने व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाको जिल्ला अदालतमा मुद्धा दायर गरिएको प्रमुख घिमिरेले जानकारी दिए ।

- Advertisement - Ad Banner

आव २०८१/०८२ मा कार्यालयले खाद्य अनुज्ञापत्र सिफारिस, जारी तथा नवीकरण ४ सय ८३ वटा, दाना अनुज्ञापत्र सिफारिस जारी तथा नवीकरण १८ वटा, ऐनबमोजिम खाद्य तथ दाना नमूना संकलन ९० वटा र खाद्य स्वच्छता सर्भिलेन्सका लागि १ सय ८३ नमूना संकलन गरी विश्लेषण गरेको प्रमुख घिमिरेले बताए । नमूना विश्लेषण गर्दा प्रतिकूल आएका ८५ नमूनालाई नियामनुसार कानुनी प्रक्रिया अघि बढाउने, पुनःजाँच गराइ मापदण्डअनुरुप सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराइ प्रतिबद्धता गर्न लगाइएको प्रमुख घिमिरेको भनाइ छ ।

उक्त अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेवल विवरण नभएका, सडेगलेकालगायत अखाद्य भएका ११ लाख ३३ हजार मूल्यबराबरका वस्तुहरु जफत गरी सरोकारबालाको रोहबरमा नष्ट गरिएको प्रमुख घिमिरेको भनाइ छ । होटल तथा रेष्टुराँको स्तरीकरण गर्न जनप्रतिनिधि, होटल व्यवसायी तथा सञ्चारकर्मीको रोहबरमा सौराहालगायत स्थानमा सञ्चालित १३ वटा होटल तथा रेष्टुराँलाई स्तरीकरण तथा लोगो वितरण गरिएको छ । कार्यालयले विभिन्न कार्यक्रम गरी जेठ १८ गतेदेखि २४ गतेसम्म विश्व खाद्य स्वच्छता दिवस मनाएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि