हेटौंडा/जेठ २९ गते अनपेक्षित र त्रास फैलाउने घटना घट्यो । हेटौंडाको राप्तीरोडका व्यवसायी दास इम्पोरियमका सञ्चालक विन्दल दासमाथि सांघातिक हमला भयो । जसका कारण दासको टाउकोमा चोट पुगेको छ र उनी हेटौंडा अस्पतालको आईसीयु कक्षमा उपचाररत् छन् । सामानको मोलमोलाइ नमिलेपछि असन्तुष्ट ग्राहकले असंयमित हुँदै ८/९ जनाको आक्रमणकारी जुटाइ योजनाबद्ध घटना घटाएको देखिने मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।
यसले कानुनी राज्य र अमनचयनमा गम्भीर हुनुपर्ने देखाएको उसको भनाइ छ । आगामी दिनहरुमा यस्ता घटनाहरु नदोहोरिन ती आक्रमणकारीहरुलाई कानुनको दायरामा ल्याइ व्यवसायी तथा आमसर्वसाधारणमा फैलिएको त्रास निराकरण गर्दै दोषीउपर कडा कारबाहीका लागि सुरक्षा निकायहरु समक्ष संघ अध्यक्ष प्रमोदसिंह रानाभाटले माग गरेका छन् ।









