18.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबागमती प्रदेशका यातायात झल्लरबिहीन
spot_img

बागमती प्रदेशका यातायात झल्लरबिहीन

spot_img

हेटौंडा/मकवानपुरमा बढ्दै गएको सवारीदुर्घटना न्यूनीकरण सचेतना अभिबृद्धिसम्बन्धि छलफल तथा प्रतिबद्धता कार्यक्रम हेटौंडामा भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजनामा विभिन्न सरोकारवाला पक्षहरुलाई राखेर कार्यक्रम गरिएको हो । कार्यक्रममा झल्लर, प्रेसर हर्न, फोकस लाइटसम्बन्धि छलफल र अन्तत्र्रिmया भएको थियो । कार्यक्रममा सहभागी यातायात व्यवसायी, प्रहरी, यातायात चालक, नागरिक समाजका प्रतिनिधिहरुले दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेअनुसार बागमती प्रदेशमा चल्ने यातायातसाधनले झल्लर हटाउनुपर्ने छ भने प्रेसर हर्न र फोकसलाइट प्रयोग गर्न पाइने छैन ।

कार्यक्रमको उद्घाटन बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले गरेका थिए । कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकाल, प्रहरी उपरीक्षकहरु नरेशराज सुबेदी, विश्वराज खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागार्इं, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, समाजसेवी सिद्धीलाल श्रेष्ठ, नारायणी यातायात व्यवसायी संघ महासचिव सरोज खनाल, नारायणी यातायात व्यवसायी कम्पनी निर्देशक माधब अधिकारीलगायतले दुर्घटना न्यूनीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि