18.5 C
Makwānpur
spot_img
spot_img

हेटौंडामा मनाइयो विश्व वातावरण दिवस
हेटौंडा/विश्व वातावरण दिवसको अवसरमा टोलविकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा वातावरण संरक्षणसम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । लाष्टिकमुक्त हेटौंडा, हरियालीयुक्त नगर’ भन्ने नारासाथ आयोजित अभियानमा नगरबासी, विद्यालय, विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व तथा जनप्रतिनिधिको सहभागिता रह्यो । कार्यक्रमको समापन समारोह टोलविकास संस्था नगर समन्वय समिति अध्यक्ष ध्रुवप्रसाद अधिकारीको सभाध्यक्षता, बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालको प्रमुख आतिथ्य र हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाको विशेष आतिथ्यमा सम्पन्न भयो ।

प्रमुख अतिथि मन्त्री सिलवालले वातावरण संरक्षणको महत्वलाई स्मरण गराउँदै प्लाष्टिकजन्य प्रदुषण नियन्त्रणका लागि प्रदेश सरकारले अवलम्बन गरेका नीतिलाई प्रभावकारीढंगले कार्यान्वयन गरिरहेको उल्लेख गरे । उनले यस्ता कार्यक्रमले जनस्तरसम्म चेतना फैलाउने र सहकार्यको बाटो खोल्ने विश्वास व्यक्त गरे । नगर प्रमुख लामाले हेटौंडालाई हरित, सफा र प्लाष्टिकमुक्त बनाउनेतर्फ नगरपालिकाको प्रतिबद्धता दोहोर्‍याइन् । उनले वातावरण संरक्षणको अभियानमा समुदाय, विद्यालय र युवापुस्ताको सक्रियता प्रशंसायोग्य भएको बताउँदै नगरपालिकाले आवश्यक बजेट र नीति सहयोग पुर्‍याउने वचन दिइन् ।

- Advertisement - Ad Banner

सभाध्यक्ष अधिकारीले टोलविकास संस्था, युवा, महिला समूह, विद्यालय, सामाजिक संघसंस्था र सरोकारवालाको सहकार्यबाट हेटौंडालाई २०८२ सालभित्र प्लाष्टिकमुक्त बनाउने लक्ष्यमा पुग्न सकिने बताउँदै सबैलाई निरन्तर सहभागिताको आग्रह गरे । कार्यक्रमको अवसरमा टोलविकास संस्था वडा समन्वय समिति हेटौंडा–२, ८, ९, ११, डिभिजन वन कार्यालय मकवानपुर, चन्द्रोदय मावि, पशुपति हेल्थ क्लब, वनविज्ञान संकाय, सामुदायिक विकास तथा सचेतना नेपाल, नेपाल रेडक्रस सोसाइटी मकवानपुर, संयुक्त मधेशी सेवा समाज, सामुदायिक प्रहरी सेवाकेन्द्र, जीवन शर्मा, निश्चल भट्ट, छेगुन लामा, सुरेश लामिछाने, ईशा शर्मालगायतलाई प्रशंसापत्र प्रदान गरियो ।

हेटौंडाको सुन्दर वातावरण’ विषयक चित्रकला प्रतियोगिता संयोजक पुण्यवति घिमिरे, ॅयदि म हेटौंडाको मेयर भए भनें’ विषयक भिडियो प्रतियोगिता संयोजक चन्द्रावति पनेरु, विद्यालयस्तरीय पुनर्प्रयोग सामग्री प्रतिस्पर्धा संयोजक सति न्यौपाने, प्रकृति संवादयात्रा’ संयोजक शान्ति श्रेष्ठ र ॅबोतल देऊ, बिरुवा लिऊ’ कार्यक्रम संयोजक यदुवंश खतिवडालाई पनि प्रशंसापत्र प्रदान गरियो । र्‍यालीतर्फ टोलविकास संस्थामध्ये प्रथम कालिकामाई टोलविकास संस्था (रु.२०,०००), द्वितीय मनकामना (ख) टोलविकास संस्था (रु.१५,०००), तृतीय विकासटोल विकास संस्था हेटौंडा–८ (रु.१०,०००), सान्त्वना सिमलटार टोलविकास संस्था (हेटौंडा–११) र तपोवन टोलविकास संस्था (हेटौंडा–१९) लाई रु. ५ हजार, साँस्कृतिक प्रस्तुतितर्फ ओम रुद्रेश्वर भजन मण्डली, स्वर्गद्वारी महिला पञ्चैबाजा समूह र नेवाः साँस्कृतिक पुचलाई नगदसहित प्रशंसापत्र प्रदान गरियो ।

विद्यालय र्‍यालीतर्फ प्रथम सिद्धार्थ मावि (रु.१५,०००), द्वितीय आधुनिक राष्ट्रिय मावि (रु.१०,०००), तृतीय लक्ष्मी आधारभुत विद्यालय (रु.७,५००) र सान्त्वना भुटनदेवी मावि र ज्ञानदा माविलाई रु.५,००० प्रदान गरियो । चित्रकला प्रतियोगिता (हेटौंडाको सुन्दर वातावरण विषयमा) प्रथमः आरोही राउत (जीएस निकेतन), द्वितीय दियाना उप्रेती (तासिर बोर्डिङ स्कुल), तृतीय प्रवेश श्रेष्ठ (व्रह्‌मदिक एकेडेमी) र सान्त्वना समृद्धि जोशी (जीएस निकेतन), राघव राई (बालज्योति मावि), महेन्द्र मगर (सिद्धार्थ मावि) भए भने भिडियो प्रतियोगिता (यदि म मेयर भए’ हेटौंडा कसरी सफा र प्लाष्टिक बनाउँथें) मा प्रथम इतिश अधिकारी (नवोदय बोर्डिङ स्कुल), द्वितीय आकांक्षा निरौला (जीएस निकेतन), तृतीय आशी बनियाँ र सान्त्वना आधुनिक मावि, बालजागृति बोर्डिङ स्कुल, भुटनदेवी मावि भए ।

पुनर्प्रयोग सामग्री प्रतियोगितामा प्रथम नवोदय शिशु सदन (रु.१०,०००), द्वितीय आधुनिक राष्ट्रिय मावि (रु.७,५००), तृतीय भुटनदेवी मावि (रु.५,०००) र सान्त्वनाः तुलसीमेहर, प्रगति मावि, सिद्धार्थ मावि (रु.२,०००) पाए । विश्व वातावरण दिवसको सन्देशलाई व्यवहारमा उतार्न हेटौंडामा आयोजित सप्ताहव्यापी कार्यक्रमले सामुदायिक सहभागिता, युवाको सशक्त योगदान र संस्थागत् समन्वयको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । हेटौंडालाई हरित, सफा र प्लाष्टिकमुक्त बनाउने अभियानमा यस्ता कार्यक्रमले ठोस आधार तयार पार्नेमा सहभागी आशावादी देखिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि