24.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकुनै पनि विभेद बेठीक’

कुनै पनि विभेद बेठीक’

हेटौंडा/नेकपा (एकीकृत समाजवादी) ले जातीय छुवाछुत र भेदभावबारे विचारविमर्श गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पार्टी केन्द्रीय सल्लाहकार यादब गजुरेलले कुनै पनि विभेद ठीक नभएको बताए । धर्म, जाति, वर्ण, उचनिच केहीका नाममा विभेद कसैले कसैलाई गर्नु अपराध हो । यो संविधान र कानुनविपरीत छ,’ गजुरेलले भने । कार्यक्रममा विचार राख्दै एकीकृत समाजवादी बागमती प्रदेश सदस्य कल्पना बिश्वकर्माले छुवाछुत र विभेदको अझै व्यवहारिकरुपमा अन्त्य नभएको बताइन् । अन्तर्जातीय विवाह गरेकै निहुँमा दलितहरु मारिनु परेको घटनाले छुवाछुत र विभेद अन्त्य नभएको पुष्टि गर्छ,’ उनले भनिन् । दलितलाई हाल पनि पानीपँधेरो, धारा, कुवा, मन्दिर र सार्वजनिक स्थलमा विभेद गरिन्छ ।

यस्ता विकृति, विसंगति हटाउन राजनीति दल लाग्नुपर्ने कुरामा उनले जोड दिइन् । कार्यक्रममा पार्टी प्रदेश सदस्य रामेश राईले समाजका मानिसको चेतना परिवर्तन नभएकाले दलित समुदायले विभत्स घटना सामना गर्नुपरेको बताए । उनले भने–गाउँगाउँमा विभेद छ । यस्ता कुराको अन्त्य जरुरी छ । पार्टी उपाध्यक्ष ध्रुव भुजेलको सभाध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला सचिव किशोर बर्तौलालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पार्टी नगर अध्यक्ष विष्णुमाया लामा, आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष सूर्यबहादुर थिङलगायत नेताहरुको उपस्थिति थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here