हेटौंडा/मकवानपुरको भीमफेदीका ज्येष्ठ नागरिकलाई मंगलबार सम्मानसहित झुल वितरण गरिएको छ । भीमफेदी गाउँपालिका वडा नम्बर–६ का ७५ वर्षमाथि उमेर समूहका ७० वृद्धवृद्धालाई सम्मानसहित एक/एक थान झुल दिइएको हो । भीमफेदी गाउँपालिका वडा–६ का कार्यबाहक अध्यक्ष बुद्धिबहादुर लामा (कुमार) को सभाध्यक्षता एवम् पालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठको प्रमुख आतिथ्यतामा उपहारस्वरुप उक्त झुल वितरण गरिएको हो । कार्यक्रममा गाउँक कार्यपालिका सदस्य, जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।