24.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडायुनिलिभरद्वारा पूर्वाधार विकासमा सहकार्य

युनिलिभरद्वारा पूर्वाधार विकासमा सहकार्य

हेटौंडा/युनिलिभर नेपाल र हेटौंडा उपमहानगरपालिका वडा–३ बीच स्थानीय पूर्वाधार विकासमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । युनिलिभर नेपालका फ्याक्ट्री म्यानेजर सञ्जय भट्टाचार्य र वडा अध्यक्ष ढलकबहादुर थापाले मंगलबार सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । युनिलिभर नेपाल लिमिटेडले हेटौंडा उपमहानगरपालिका–३ का अध्यक्ष थापासँग स्थानीय पूर्वाधार विकासमा सहयोग पुर्‍याउने उद्धेश्यले समझदारीपत्रमा हस्ताक्षर गरेको घोषणा गरेको छ । समझदारी युनिलिभर नेपालको संस्थागत् सामाजिक उत्तरदायित्वअन्तर्गत् प्राकृतिक प्रकोप न्यूनीकरण तथा उद्धारसँग सम्बन्धित कार्यका रुपमा डाङडुङेखोलामा पहिल्यै निर्मित पर्खालको विस्तार कार्यका लागि गरिएको हो ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले युनिलिभर नेपालले राष्ट्रिय आर्थिक विकासमा पुर्‍याउँदै आएको निरन्तर योगदान तथा स्थानीय सरकारप्रतिको सहकार्यप्रति प्रशंसा व्यक्त गर्दै कम्पनीलाई पूर्णसहयोग रहने प्रतिबद्धता जनाइन् । वडा अध्यक्ष थापाले युनिलिभर नेपालप्रति आभार व्यक्त गर्दै भावी दिनमा पनि उद्योगसँग सहकार्यलाई सुदृढ बनाउने दृढता व्यक्त गरे । समझदारीअनुसार युनिलिभर नेपालले हेटौंडा–३ मा पर्ने उक्त खोलाको अधुरो पर्खाल निर्माण सम्पन्न गर्न कुल ६० लाख रुपिया’ सहयोग गर्नेछ । प्रत्येक वर्ष मनसुनको समयमा खोलाको पानी बगेर स्थानीय बस्ती, खेतीपाती तथा जनजीवनमा क्षति पुर्‍याउँदै आएको सन्दर्भमा पर्खाल निर्माणले भविष्यमा यस्तो क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उक्त परियोजना स्थानीय समुदायका सरोकारवालाको औपचारिक अनुरोधका आधारमा अघि बढाइएको हो, जसलाई वडा अध्यक्षद्वारा युनिलिभर नेपालमा पेश गरिएको आवेदनमार्फत् औपचारिकता दिइएको हो । प्रत्येक वर्ष मनसुनको समयमा खोलाको बहावले स्थानीय कृषियोग्य जमिन, बाली तथा बस्तीमा ठूलो क्षति पुर्‍याउने गरेकोमा पर्खाल निर्माणपछि उक्त बहाव नियन्त्रणमा आउने र यस्ता क्षतिबाट समुदायलाई सुरक्षा मिल्ने विश्वास गरिएको छ । युनिलिभर नेपालले विगतदेखि शिक्षा, स्वास्थ्य तथा पूर्वाधार क्षेत्रमा स्थानीय सरकारलाई सहयोग पुर्‍याउँदै आएको छ । कोभिड महामारीको समयमा पुर्‍याइएको उल्लेखनीय सहयोग तथा भुकम्प र बाढीजस्ता प्राकृतिक विपत्तिका बेला सरकारलाई दिएको साथ युनिलिभरको उत्तरदायी व्यवसाय सञ्चालनको प्रमाण रहेको दाबी गरिएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here