हेटौंडा/नेकपा (एकीकृत समाजवादी) जिल्ला कार्यसमिति मकवानपुरले बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेमार्फत् स्मरणपत्र बुझाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको कार्यालय पुगेर समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद खनालले मन्त्री लामिछानेलाई स्मरणपत्र बुझाएका हुन् । एकीकृत समाजवादीले ॅसुशासन र रोजगारी–समाजवादको तयारी’ भन्ने मुलनारासाथ देशव्यापी आन्दोलन शुरु गरेको छ । त्यसअन्तर्गत् बैशाख १९ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ज्ञापनपत्र बुझाइएको थियो ।
समाजवादी बागमती प्रदेशले बुझाएको ज्ञापनपत्र अर्थमन्त्री कुन्दनराज काफ्लेले बुझेका थिए । पत्रको स्मरण गराउँदै आफ्ना मागबारे स्मरण गराइएको छ । प्रदेशको नीति, कार्यक्रम, बजेटअगावै हामी आएका छौं । ॅहाम्रा मागहरुमाथि गम्भीरतापूर्वक ध्यान दिइयोस् भन्दै पुनः ध्यानाकर्षण गराउ’दछौं,’ पत्रमा भनिएको छ । पत्र बुझ्दै मन्त्री लामिछानेले छिटोभन्दा छिटो मुख्यमन्त्रीको हातमा पुर्याउने र बैठकमा पेस गर्ने प्रतिवद्धता जनाए ।
पार्टी जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) सम्सदीय दलका नेता खनाल, प्रदेशसभास दस्य तथा पूर्वश्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, प्रदेशसभा सदस्यद्वय ओमकुमारी श्रेष्ठ, मायादेवी शर्मा, पार्टी केन्द्रीय सल्लाहकार समिति सदस्य यादब गजुरेल, केन्द्रीय सदस्य तथा मकवानपुर सहइञ्चार्ज राजाराम स्यांतान, पोलिटब्युरो सदस्य तथा अनेम संघ समाजवादी केन्द्रीय अध्यक्ष मुनु सिग्देल, पार्टीका प्रदेश सदस्य, जिल्ला कमिटीका पदाधिकारीको उपस्थिति थियो ।