24.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाभीमफेदी गाडी दुर्घटनामा १४ घाइते

भीमफेदी गाडी दुर्घटनामा १४ घाइते

हेटौंडा/राजमार्गनजिक रोपिएको सल्लाको रुखले मंगलबार एकसाथ १४ जनाको ज्यान जोगाएको छ । मकवानपुरको भीमफेदीमा गाडी दुर्घटना हँदा १४ जना घाइते भएका छन् । मंगलबार दिउँसो करिब १ बजे भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैंसठ्ठी मोडमा विंगर गाडी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुरको चित्लाङबाट सर्लाहीको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नम्बर विंगर गाडी अनियन्त्रित भइ सडकबाट करिब २० मिटर तल खसेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्ष (डीएसपी) श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार भीरमा पुगेको गाडी सल्लाको रुखमा अड्किएर यात्रीहरुको ज्यान जोगिएको थियो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी चौकी भैंसे तथा सीमभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले तुरुन्त उद्धार कार्य थालेर सबै घाइतेलाई हेटौंडा अस्पताल ल्याएको छ ।

दुर्घटनामा एकै गाउँका ८ महिला र ६ पुरुष घाइते भएका छन् । गम्भीर घाइते हुनेमा लालबन्दी नगरपालिका–१६ का करिब ५१ वर्षीय राजाराम बस्नेत र ३० वर्षीया शान्ता बिश्वकर्मा तथा लालबन्दी–१, नवलपुरका वर्ष ५६ का कमल थापा छन् । टाउको, छाति, घाँटी र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर बनेका उनीहरुलाई उपचारार्थ मकवानपुर सहकारी अस्पताल ल्याइएको छ । मध्यम घाइतेहरुमा लालबन्दी–१५, परवानीपुर बस्ने वर्ष २८ की अम्बरी लोलामा, लालबन्दी–१६, भोलोना बस्ने वर्ष ३६ की रीतिक राई र सोही ठाउँ बस्ने वर्ष ४५ का पदमबहादुर श्रेष्ठ छन् । उनीहरुको पनि सहकारी अस्पतालमा उपचार जारी छ । गाडीचालकसहित घाइते ८ जनालाई उपचारार्थ हेटौंडा अस्पताल ल्याइएको छ ।

गाडीचालक लालबन्दी–४ का वर्ष ४० का सरोजकुमार चौधरी, लालबन्दी–१५ बस्ने वर्ष २७ कि निर्मला बिश्वकर्मा, वर्ष २२ की सीमा घलान, वर्ष २२ कै निलिमा खड्का, लालबन्दी–५ बस्ने वर्ष ५० का समिर सुबेदी, लालबन्दी–१६ बस्ने वर्ष २७ की कल्पना बिश्वकर्मा, वर्ष २५ की सुष्मा बिश्वकर्मा र वर्ष ३२ की पवित्रा घिसिङको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उद्वार कार्यमा इलाका प्रहरी कार्यालय पालुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षकको कमाण्डमा २५ जना प्रहरी परिचालन भएको जनाइएको छ । गाडीको ब्रेक फेल भइ दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ । गाडीमा चालकसहित १४ जना सवार थिए । दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here