हेटौंडा/मनहरी गाउँपालिका वडा–७ मा रहेको सशक्तीकरण समाज नेपाल नामक गैरसरकारी संस्थाले आफ्ना संस्थाका कार्यसमिति, सल्लाहकार तथा कर्मचारीहरुलाई लक्षित गरी संस्थागत् क्षमता तालिम सम्पन्न गरेको छ । सशक्तीकरण समाज नेपाल र ओपन ह्याण्ड नेपालको समन्वयमा जेठ १ र २ गते मनहरीस्थित निलम होटलको सभाहलमा तालिम सञ्चालन गरिएको हो । तालिममा संस्थाको संरचना, संस्थाका उद्धेश्यहरु, संस्था स्थापनाका कारण, काम, कर्तव्य र अधिकारलगायत विषयहरुमा छलफल र अन्तत्र्रिmया भएको थियो । दुई दिने तालिममा यादब हुमागाइ र शिवकुमार रिजाल (काशी) ले सहजीकरण गरेका थिए ।
तालिम समापन सत्रलाई सम्बोधन गर्दै सशक्तीकरण समाज नेपालका राष्ट्रिय निर्देशक कुमारसिं प्रजाले आमविपन्न समुदायका मानिसहरुको आर्थिक, सामाजिक रुपान्तरणका लागि संस्था क्रियाशील रहेको जानकारी दिए । उनले मनहरी गाउँपालिका वडा–७ मा केन्द्रीय कार्यालय स्थापना गरी २०८१ सालमा दर्ता भएको संस्थाले देशका अन्य स्थानहरुमा पनि काम गरिरहेको बताए । संस्था अध्यक्ष एकराज प्रजाले आगामी दिनमा संस्थालाई बलियो बनाएर गरिव, विपन्न समुदायमा केन्द्रित रही काम गर्न संस्थाले पाइला चालेको बताए । संस्था सल्लाहकार रवीन्द्र चेपाङले सञ्चालन गरेको तालिमको समापन समारोहमा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।