18.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाभरत तालमा ५६ करोड हिनामिना
spot_img

भरत तालमा ५६ करोड हिनामिना

spot_img

हेटौंडा/भरत ताल निर्माणमा ५६ करोड हिनामिना भएको अख्तियारको दाबी छ । पूर्वप्रदेशमन्त्रीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । सर्लाहीको भरत ताल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रदेशमन्त्री, मेयरसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजय कुमार, बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा, निलम्बिन उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेशको कानुन मन्त्रालयका अधिकृत गोकुल भुजेल, बागमती नगरपालिकाका तत्कालीन इञ्जिनियर निरञ्जन लामिछाने र सागर पौडेल तथा तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेलविरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दायर भएको हो ।

- Advertisement - Ad Banner

प्रदेश सरकारले उक्त पोखरीलाई ३० करोड अनुदान दिएको आधारमा मन्त्री पनि प्रतिवादी बनेका हुन् । नियम मिचेर पोखरी निर्माण गरिएको र सरकारी लगानीको प्रतिफल शून्य हुने गरी निर्माण गरिएको अख्तियारको अभियोग छ । वनक्षेत्रमा पोखरी बनाउने गैरकानी काम गरेको र त्यसका नाममा सरकारी अनुदानसमेत हिनामिना गरेको अख्तियारको दाबी छ । अनुदान लाने क्रममा पनि गैरकानुनी काम गरेको अख्तियारले जनाएको छ । सोही प्रकरणमा यसअघि अख्तियार र वन कार्यालयले मुद्धा दायर गरिसकेको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि