24.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाचलचित्र पत्रकार र रंगकर्मी पुरस्कृत

चलचित्र पत्रकार र रंगकर्मी पुरस्कृत

हेटौंडा/चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार अनन्त वाग्ले, चलचित्र रंग संयोजक रेनिस फागो र मकवानपुरका सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कृत गरेको छ । शनिबार बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री श्यामबहादुर खड्काले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए । संघले नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान २०८२ बाट चलचित्र पत्रकार अनन्त वाग्लेलाई नगद ११ हजार १ सय ११ रुपियाँसहित पुरस्कृत गरेको हो । तीन दशकदेखि छापा माध्यमका सक्रिय वाग्ले विश्वघटना च्यानलमा आवद्ध छन् ।
संघले मकवानपुरमा जन्मिएर चलचित्र, कला, साहित्य र संगीतमा राष्ट्रियस्तरमा सक्रिय रहेका चलचित्रकर्मीलाई धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान २०८२ बाट रंग संयोजक फागोलाई नगदसहित सम्मान गरेको छ । दुई सय भन्दा बढी चलचित्रमा रंग संयोजन गरेका उनको चलचित्र प्रेमगीतका सिरिज, काली, सेतो बाघ, १२ गाउँ, पिताम्बर, नरसिंहा अवतार चर्चित चलचित्र हुन् ।
मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरिएको छ । अधिकारी दुई दशकदेखि रेडियोमा सक्रिय छन् । दिवसकै अवसरमा ‘बोक्सीको घर’ चलचित्रमा पहिलो अभिनय गरेर चर्चा कमाएकी हेटौंडाकी बालकलाकार सुपला सापकोटालाई अभिनय यात्रामा सफलता मिलोस् भन्ने हेतुले प्रशंसापत्रले सम्मान गरिएको थियो । २०५६ जेठ ७ गते संघ स्थापना भएकाले हरेक वर्ष जेठ ७ गते चलचित्र पत्रकारिता दिवस मनाउँदै आइरहेको छ ।
कार्यक्रममा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय पूर्वअध्यक्ष शान्तिप्रिय, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागार्इं, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, पूर्वअध्यक्ष राममणि दाहाल, हेटौंडा उपमहानगरपालिका वडा–६ का अध्यक्ष विष्णु दाहाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागार्इं, संघ सल्लाहकारहरु रुपेश दुलाल, सुशान्त श्रेष्ठ, अमिर गौतम, प्रेस सेन्टर प्रदेश अध्यक्ष ध्रुव अधिकारी, प्रेस चौतारी प्रदेश महासचिव प्रकाश दाहाल, स्वतन्त्र पत्रकार संघ केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठ, एनएस सिनेमाका प्रवन्धक नवराज आचार्य, ओम्याक्स हल सञ्चालक राम राजभण्डारी, रंगकर्मी भोलाराज सापकोटा, उज्ज्वल शर्माभण्डारी, चलचित्र नरसिंहा अवतार निर्माता ध्रुव न्यौपाने, दीपक ढकाल, कलाकार राज कटुवाललगायतको आतिथ्यता थियो । कार्यक्रम संघ अध्यक्ष कपिल खड्काको सभाध्यक्षतामा भएको थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here