26.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाफाउन्डेसन कार्यसमितिको शपथग्रहण

फाउन्डेसन कार्यसमितिको शपथग्रहण

हेटौंडा/मदन भण्डारी फाउन्डेसन मकवानपुरको नवनिर्वाचित कार्यसमितिको शपथग्रहण र पहिलो बैठक सम्पन्न भएको
छ । बैशाख २० गते शनिबार भएको चौथो साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिलाई शपथग्रहण, प्रमाणपत्र वितरण र पहिलो पूर्ण बैठक सम्पन्न भएको हो । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई चौथो साधारणसभा निर्वाचन प्रमुख तथा फाउन्डेसन संस्थापक केन्द्रीय सदस्य एवम बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गराए । साधारणसभाबाट रघुनाथ खुलालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरिएको थियो ।

साधारणसभाबाट कार्यसमिति उपाध्यक्षमा धर्म बस्नेत, सचिवमा कुमार केसी, सहसचिवमा चन्द्रावति पनेरु र कोषाध्यक्षमा गोकर्ण तिवारी र सदस्यहरुमा मुकुन्द अधिकारी, आशाकाजी श्रेष्ठ, कमलकुमार बिश्वकर्मा, भगवती पुडासैनी, तुलसी रिजाल, किताबसिं लामा, विवश अधिकारी, रवि रेग्मी, खेमराज जर्गामगर, विश्वराज राई, राधिका चौलागार्इं, अर्जुन ढकाल, निर्मला ब्लोन, भवमाया श्रेष्ठ, किरण लामिछाने र सम्झना पौडेललाई सर्वसम्मत् चयन गरिएको थियो । नवनिर्वाचित कार्यसमितिको पहिलो पूर्ण बैठक पनि बसेको छ । बैठकले साधारणसभाको समिक्षा गर्दै विभिन्न निर्णय गरेको र साधारणसभामा सहयोग गर्ने सम्पूर्णलाई धन्यवादज्ञापन गर्ने निर्णय गरेको छ ।

बैठकले नवनिर्वाचित सदस्यहरुलाई विभिन्न जिम्मेवारीसमेत प्रदान गरेको अध्यक्ष खुलालले जानकारी दिए । बैठकले मदन–आश्रित स्मृति दिवसको अवसरमा तीन दिवसीय कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । ३३ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा फाउन्डेसनले जेठ १ गते दिव्यसेवा निकेतनमा खाद्यान्न वितरण, जेठ २ गते ‘गणतन्त्रमा जबज र समाजवादको यात्रा’ विषयक गोष्ठी, जेठ ३ गते दिव्य बालउद्यान हेटौंडा–९ मा श्रद्धाञ्जलिसभा आयोजना गर्ने अध्यक्ष खुलालले बताए । कार्यक्रममा नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै फाउन्डेसन संस्थापक केन्द्रीय सदस्य एवम बागमती प्रदेशका प्रथम मुख्यमन्त्री पौडेलले फाउन्डेसनको भूमिकालाई अझ प्रभावकारी बनाउन सुझावहरु दिए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here