26.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा९ बँदे सहमति अस्वीकार

९ बँदे सहमति अस्वीकार

काठमाडौं/विद्यालय कर्मचारीहरुले सरकारसँग भएको ९ बुँदे सहमति अस्वीकार गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषद् अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले विज्ञप्ति जारी गर्दै उक्त सहमतिमा आपत्ति जनाएका हुन् । संगठनले नेपाल शिक्षक महासंघले घोषणा गरेको दोस्रो चरणको सडक आन्दोलनपछि भएको सहमतिलाई अस्वीकार गरेको हो । योगीले आन्दोलनको २९ औं दिनपछि सरकार र महासंघबीच भएको वार्ता र फिर्ता गरिएको आन्दोलनको कार्यक्रमप्रति आपत्ति जनाएका छन् । उनले उक्त सहमतिप्रति पूर्णरुपमा असहमति रहेको जनाउँदै परिषद्को संस्थागत् धारणाबाहेक सहमतिको घोर भत्र्सना गरे । थप कार्यक्रम समीक्षा बैठकपश्चात् सार्वजनिक गरिने संगठनले जनाएको छ । नेपाल विद्यालय कर्मचारी परिषद् र नेपाल शिक्षक महासंघका पदाधिकारीबीच कार्यक्रममै चर्काचर्की भएको छ । सरकारसँग बुधबार सहमति भएपछि महासंघले मध्यबानेश्वरको रत्न राज्यलक्ष्मी माविमा समापन तथा शुभकामना कार्यक्रम राखेको थियो ।
तर, विद्यालय कर्मचारी परिषद् कमर्चारी सहमतिप्रति असन्तुष्टि जनाउँदै विरोध जनाएका छन् । विद्यालय कर्मचारी परिषद्ले कर्मचारीका विषय पनि सहमतिमा समेट्नुपर्ने र बढाउने भनिएको सेवासुबिधाको रकम स्पष्ट खुलाउनुपर्ने माग राखेको छ ।  सरकारसँग भएको सहमति उलंघन भएको भन्दै विद्यालय शिक्षक कर्मचारी परिषद् पुनः आन्दोलनमा जाने तयारीमा जुटेको छ । नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको आकस्मिक बैठकले आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ । परिषद्ले सरकार र महासंघबीच भएको पछिल्लो सहमति आफूहरुमाथि परामर्शबिना गरिएको भन्दै असन्तुष्टि जनाएको छ । कार्यक्रमको विस्तृत जानकारी सार्वजनिक गरिने परिषद्ले जनाएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here