हेटौंडा/मकवानपुर प्रहरीले लागुऔषध अफिमसहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–११, थानाभर्याङस्थित ठाकुरसिं मोक्तानको घरमा छापा मारेर ३ किलो ८ सय ६० ग्राम अफिम बरामद गरेको जानकारी दिएको छ । प्रहरीका अनुसार मोक्तानको घरमा रितपूर्वक खानतलासी गर्दा खाटभित्र लुकाइराखिएको अवस्थामा अफिम फेला परेको थियो । घटनापछि मोक्तानलाई नियन्त्रणमा लिइ लागुऔषधसम्बन्धि कसुरमा आवश्यक अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालतबाट ४ दिन म्याद लिइ थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।