26.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामहिला गोल्डकप फुटबल बैशाख १९ देखि

महिला गोल्डकप फुटबल बैशाख १९ देखि

हेटौंडा/मकवानपुर जिल्ला फुटबल संघको आयोजना हुने सातौं सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता बैशाख १९ गतेदेखि आयोजना हुने भएको छ । सातौं संस्करणबाट प्रतियोगिताको ढाँचा परिवर्तन गरी महिलाको फुटबल खेलसिप प्रदर्शन गर्न महिला गोल्डकप आयोजना गर्न लागिएको हो । हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगितामा तीन विभागीयसहित ८ वटा क्लबको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगितामा एपीएफ क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मीका साथै रौतहट महिला टिम, चितवन जिल्ला महिला टिमको सहभागिता रहनेछ । अन्य क्लबमा रिगल हेटौंडा रिसोर्ट एन्फा, वीरगञ्ज युथ एकेडेमी र नवजनजागृति युवा क्लब सिमरा छन् । प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँका तर्फबाट स्कुटर पुरस्कार छ ।
प्रतियोगिता सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले २५ लाख, बागमती प्रदेश खेलकुद विकास परिषद्ले १५ लाख, भीमफेदी गाउँपालिका र कैलाश गाउँपालिकाले तीन–तीन लाख आर्थिक सहयोग गरेका छन् । शिवम् सिमेन्ट लिमिटेड, लिसन फार्मेसी चौघडा, रिगल हेटौंडा रिसोर्ट, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट र वीमा साझेदार एनएलजी इन्सुरेन्स छन् । प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान छ । स्थानीय पर्यटन प्रवद्र्धन, महिला सशक्तीकरण तथा राष्ट्रिय खेलकुदको विकासमा टेवा पुर्‍याउने विश्वाससाथ प्रतियोगिता आयोजना गरिएको जिल्ला फुटबल संघ मकवानपुर अध्यक्ष टीका लामाले बताए । (नयमि)

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here