26.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबाह्रै महिना सिचाई उपलब्ध गराउने प्रतिबद्धता

बाह्रै महिना सिचाई उपलब्ध गराउने प्रतिबद्धता

हेटौंडा/छिमेकी चितवनका किसानले बाह्रै महिना सिचार्इं उपलब्ध गराउन सरकारसँग माग गरेका छन । शनिबार भरतपुरमा खगेरी सिचार्इं जल उपभोक्ता संस्थाको २२ औं साधारणसभामा उनीहरुले नारायणी लिफ्‌ट सिचार्इं आयोजनाको पानी खगेरी सिचार्इंमा ल्याउन माग गरेका हुन् । बागमतीका खानेपानी तथा सिचाईं मन्त्री श्यामबहादुर खड्काले चितवन अन्न उत्पादनको बलियो जिल्ला भएकाले बाह्रै महिना सिचार्इं उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताए । ‘बाह्रै महिना सिचार्इं उपलब्ध गराउने हाम्रो चासो र चिन्ता छ,’ खड्काले भने–सिचार्इंले कृषि उत्पादनमात्र होइन, जीवनस्तर र आयआर्जन बृद्धि गर्न पनि मद्धत गर्छ ।
सिचाईं प्रयोग गर्न पाउनु कृषकको मौलिक अधिकार रहेको बताउँदै उनले दीर्घकालीन समस्याका लागि तीन तहका सरकारसँग आफूले समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘अब आउने बजेटमा हरेक पोखरी निर्माणका लागि रिचार्ज वाटर व्यवस्था गर्छौै,’ मन्त्रीले खड्काले भने । खगेरी सिचाईंका सदस्य किशोर पौडेलले चितवन अन्न भण्डारको जिल्ला भएको भन्दै सिचार्इं अभावमा खेती गर्न नसकिएको बताए । ‘भरतपुर महानगरको हिसाबमा हेर्ने हो भने प्रायः सबैले बोरिङ प्रयोग गरेका छन्,’ पौडेलले भने–यो दीर्घकालिन समाधान होइन ।
हामीलाई बाह्रै महिना नहरको पानी उपलब्ध हुनुपर्छ । उनले खगेरी सिचार्इंको पानीले मात्र सिचार्इं नपुगेको भन्दै नारायणी लिफ्‌टबाट पानी ल्याउन माग गरे । संस्था अध्यक्ष बेलबहादुर गुरुङले सिचाईं अभावले कयौं जग्गा बाँझो रहेको भन्दै यसको दीर्घकालीन उपाय खोज्न आग्रह गरे । ‘यो सिचाईं हिजोको जस्तो तरिकाले चल्दैन,’ उनले भने–तीन तहका सरकारको समन्वयमा बाह्रै महिना सिचाईं हुने समाधान निकाल्नुपर्‍यो । उनले वर्षौैसम्म नहरहरु मर्मत नहुनु, पानीका मुहानहरु सुक्दै जानु र पानीपोत शुल्क नउठ्नुका कारण पनि थप समस्या भएको बताए । उनले बाह्रै महिना सिचार्इंका लागि पोखरी, ड्याम निर्माण गरी वाटर रिचार्जका लागि बजेट निकासा गर्नुपर्नेमा जोड दिए ।
चितवन राष्ट्रिय निकुञ्जका वार्डेन गणेश पन्तले जलाधार संरक्षण गर्नुपर्ने भन्दै यसबाट जीवनस्तर र आयआर्जन गर्न सकिने बताए । बीसहजारी ताललाई रिचार्ज वाटरका रुपमा प्रयोग गर्न सकिने बताउँदै उनले यसले पर्यापर्यटनलाई समेत टेवा पुग्ने बताए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष प्रकाश ढुंगानाले जलवायु परिवर्तनका कारण पानीका स्रोतहरु सुक्दै गएकाले यसलाई भण्डारण गर्न दीर्घकालीन योजना हुनुपर्ने बताए । उनले चितवनमा भइरहेको अव्यवस्थित जग्गा खण्डीकरण रोकेर हरेक टोलमा रिचार्ज पोखरी निर्माण हुनुपर्नेमा जोड दिए ।
नारायणी लिफ्‌ट सिचाईं आयोजन प्रमुख प्रकाश तिमिल्सिनाले नारायणी लिफ्‌टको पानीलाई खगेरीमा जोड्नु सकारात्मक भएको बताए । उनले सिचार्इंको दीर्घकालीन सुबिधाका लागि डिपबोरिङबाट पानी निकालेर नहरमा लैजान सकिने बताए । बागमती प्रदेशसभा सदस्य गीता गुरुङले सबै सरोकार निकायले पार्टीभन्दा माथि उठेर काम गर्नुपर्ने बताइन् । उनले जलाधार, जलाशयको संरक्षण सवद्र्धन गर्नु सबैको दायित्व रहेको बताइन् । खगेरी सिचार्इंबाट हाल ५ हजार ६ सय हेक्टर क्षेत्रफलमा सिचार्इं हँदै आएको अध्ययनले देखाएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here