26.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाच्याम्पियनसिपमा हेटौंडाका बानियाँ

च्याम्पियनसिपमा हेटौंडाका बानियाँ

हेटौंडा/भारतमा आयोजना हुने युथ–१९ साफ च्याम्पियनसिपका लागि घोषित २३ सदस्यीय नेपाली टोलीमा हेटौंडाका विशेष बानियाँ समावेश भएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले बैशाख २६ देखि जेठ ४ (मे ९ देखि १८) सम्म आयोजना च्याम्पियनसिपका लागि आइतबार टोलीको अन्तिम छनौट गर्दा बानियाँको नाम समावेश भएका हो । उनी गोलरक्षकको भूमिकामा प्रतियोगितामा सहभागी हुनेछन् । यसअघि युथ–१६ र १७ को राष्ट्रिय टोलीमा सहभागी भइसकेका बानियाँ अन्तिम सूचीमा अटाए । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाल रहेको समूहमा आयोजक भारत र श्रीलंका छ ।
च्याम्पियनसिपको समूह‘एँ मा माल्दिभ्स, भुटान र बंगलादेश छन् । नेपाली टोलीको गोलरक्षक बानियाँसहित भक्तबहादुर परियार र उपेन्द्र ल्वागुन छन् । डिफेन्डरमा रोशन तामाङ, रोहन मोक्तान, प्रशान्त मोक्तान, कुशाङ नेम्बाङ, मदन पौडेल, राम थापा, विजय उर्वा र सिद्धान्त खड्का छन् । मिडफिल्डरमा कृष्णबहादुर आले, कृष थापामगर, सरोज दर्लामी, लछु थापा, सबिनकुमार लुंगेलीमगर, रञ्जित लामा, सुवास बम र विज्ञान खड्का छन् । फरवार्डमा पवन पाख्रिन, धरबेन्द्र कँुवर, सुजन डंगोल र प्रसुन तामाङ छन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here