हेटौंडा/सडक बालबालिकाको व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरमा हेटौंडा–२ निवासी भुर्तेल परिवारले सहयोग गरेको छ । सुदीप भुर्तेल, वर्षा कार्की र सुबिसा भुर्तेल उपस्थित भइ भाञ्जाहरुका लागि दिवाखाजा सेट सहयोग गरेका हुन् । साथ र सहयोगका लागि मामाघर नेपालले उनीहरुलाई हार्दिक धन्यबाद व्यक्त गर्दे उनीहरुको सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ ।