26.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडायुनाइटेड लुब्रिकेन्टद्वारा मेकानिक्सहरुसँग अन्तर्क्रिया

युनाइटेड लुब्रिकेन्टद्वारा मेकानिक्सहरुसँग अन्तर्क्रिया

हेटौंडा/युनाइटेड लुब्रिकेन्ट प्रालि धनुषाले हेटौंडामा मेकानिक्सहरुसँग अन्तर्क्रिया गरेको छ । लुब्रिकेन्ट प्रालिका डीजीएम दिनेश खनालले सहजीकरण गर्दै विदेशी/स्वदेशी लुब्रिकेन्टबारे बताएका थिए । खनालले नेपाली उत्पादन पनि अरुजस्तै प्रभावकारी रहेको बताए । उनले केकस्ता बस्तुहरु लुब्रिकेन्ट हुन् र केकस्ता बस्तुहरु लुब्रिकेन्ट होइनन्, यसका प्रयोगबारे पनि मेकानिक्सहरुलाई जानकारी हुनुपर्ने बताए । भिडोल विदेशी कम्पनीमा उत्पादित लुब्रिकेन्ट हो भने नेपाल गोल्ड नेपाली उत्पादन हो, दुवैको गुणस्तर उस्तै भएको यसका मात्रा र प्रयोगमा ध्यान दिनुपर्ने खनालको भनाइ छ ।

मकवानपुर मोटरबाइक सञ्चालक मुन्ना गुप्ताबनियाँको सभाध्यक्षतामा हेटौंडाको रोयल प्यालेसमा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीको प्रमुख आतिथ्यता थियो । मकवानपुर मोटरबाइक हेटौंडा र बियन्सा सप्लायर्स हेटौंडाको सपोर्टमा भएको कार्यक्रममा हेटौंडा अटोेमोबाइल्सका ऋषिकुमार, बियन्सा सप्लायर्सका विकास नेपाललगायतको आतिथ्यता थियो । लुब्रिकेन्ट कम्पनी र मेकानिक्सबीचको अन्तर्क्रिया यो पहिलो रहेको बियन्सा सप्लायर्स सञ्चालक तथा कार्यक्रमका सपोर्टर विकास नेपालले जानकारी दिए ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here