18.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाउत्कृष्ट बन्यो चेतनशील
spot_img

उत्कृष्ट बन्यो चेतनशील

spot_img

हेटौंडा/थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट महिला सहकारी छनौट भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशको क्षमता विकास, प्रोत्साहन, सहयोग कार्यक्रमअन्तर्गत् चेतनशीललाई छनौट गरेको हो । प्रदेशको ११ जिल्लाका ११ महिला सहकारीलाई छनौट गरिएको छ ।

बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रमअनुसार छनौट भएको अवसरमा सहकारी अध्यक्ष शकुन्तला गोपालीले सबैप्रति आभार व्यक्त गरेकी छन् । संस्थालाई यहाँसम्म ल्याउनका लागि आफ्‌नो जिम्मेवारीमा रहेर हरेक पल, हरेक परिस्थितिमा एकजुट भएर सकारात्मक भूमिका निर्वाह गर्ने सम्पूर्ण सञ्चालन तथा व्यवस्थापन टिमलाई सफलताका लागि उनले हार्दिक धन्यबादसहित भनेकी छन्‌–यस संस्थाका सदस्यहरुको साथ र विश्वासले प्राप्त गरेको सम्मानको सही कदर गर्दै भोलिका दिनहरुमा आफ्‌ना सदस्यहरुको उन्नति र प्रगतिमा अझ ऊर्जासाथ अघि बढ्न सकौं । छनौटसँगै सहकारीले चालु कोषका रुपमा सञ्चालन गर्ने गरी एक लाख रुपियाँ प्राप्त गरेको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि