26.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा२ लाख घाटापछि ८ लाख पुरस्कारको फुटबल

२ लाख घाटापछि ८ लाख पुरस्कारको फुटबल

हेटौंडा/प्रतियोगिता सकिएको १५ महिनापछि छैठौ स्थानीय तह राष्ट्रिय गोल्डकप प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै जिल्ला फुटबल संघ मकवानपुरले आयव्यय विवरण सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा संघ कोषाध्यक्ष अमृत लुङ्बाले प्रतियोगितामा आर्थिकरुपमा घाटा भएको जानकारी दिए । प्रतियोगिता आयोजना गर्न ९१ लाख ४८ हजार खर्च भएको छ भने ८९ लाख २४ हजार आम्दानी भएको विवरणमा उल्लेख छ । प्रतियोगिताबाट २ लाख २४ हजार घाटा भएको कोषाध्यक्ष लुङ्बाले बताए । २०८० माघ १६ गतेदेखि २७ गतेसम्म भएको प्रतियोगिताको फाइनलमा एनआरटीलाई पराजित गर्दै सशस्त्र प्रहरीको एपीएफ क्लबले उपाधि जितेको थियो । पत्रकार सम्मेलनमा विगत ६ वर्षदेखि पुरुषतर्फ गोल्डकप गर्दै आएको संघले यस वर्षदेखि महिला गोल्डकप गर्ने जानकारी गराइएको छ ।

बैशाख १९ गतेदेखि गौरीटार रंगशालामा हुने प्रतियोगितामा तीन विभागीय टिमसहित ५ जिल्लाका क्लबले सहभागिता जनाउने छन् । विभागीय टिमहरु नेपाल आर्मी, नेपाल पुलिस, एपीएफसहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बाराका गरी ८ क्लबले सहभागिता जनाउने संघ सचिव छविलाल सुबेदीले जानकारी दिए । प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिता प्रायोजकका रुपमा मकवानपुरका १० स्थानीय तह, प्रदेश खेलकुद विकास परिषद्लगायत स्थानीय संघसंस्था छन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here