हेटौंडा/हेटांैडा–७, न्युरेनीमा रहेको श्रीनिवास लक्ष्मीनारायण मन्दिरको २५ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । वडा अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता एवम् मन्दिर अध्यक्ष जनार्दन पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
साधारणसभामा मन्दिर अध्यक्ष पौडेलले संस्थागत् र आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता एवम भूमि आयोग मकवानपुर सदस्य अर्जुनप्रसाद चौलागाई, लक्ष्मीनारायण मन्दिर हेटौडा–५ का मठाधीश रामानुजाचार्य, वैष्णव युवा परिषद् मकवानपुर अध्यक्ष दुर्गाप्रसाद न्यौपाने, रानी सामुदायिक वन अध्यक्ष केशब धिताल, न्युरेनी चिसापानी सामुदायिक वन अध्यक्ष प्रकाश कार्की, वंशगोपाल माविका पूर्वप्रअ रमेशप्रसाद लामिछाने, चौघडा सहकारी सचिव अर्जुनप्रसाद हुमागाई, सल्लाहकार रघुप्रसाद आचार्य, सञ्चारकर्मी भीमसेन पौडललगायतको सहभागिता थियो । मन्दिरले मन्दिर सञ्चालनका लागि बिभिन्न सहकारी संस्थाहरुमा २५ लाख भन्दा बढी रकम अक्षयकोषमा राखेको जनाएको छ ।