17.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासामुदायिक वन भवन उद्घाटन
spot_img

सामुदायिक वन भवन उद्घाटन

spot_img
हेटौंडा/नवलपुर सरस्वती (बसामाडी) सामुदायिक वन उपभोक्ता समूहको भवनको जगको शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगर पालिका–११ नम्बर वडास्थित शहीद स्मारक हाताभित्र समूहको भवन निर्माण हुन लागेको हो ।
भवनको शिलान्यास उपमहानगर उपमेयर राजेश बानिया“ले गरेका हुन् । भवन शिलान्यासपछि उनले शिलान्यास र सम्पन्न आफ्‌नै कार्यकालमा गर्ने प्रतिबद्धता जनाए । भवन निर्माणमा उपमहानगरले आर्थिक सहयोग गरेको र सम्पन्नको जिम्मा पनि नगरले लिने उपमेयर बानियाँले ले प्रतिबद्धता जनाएको योजना अध्यक्ष तथा नवलपुर सरस्वती (बसामाडी) सामुदायिक वन उपभोक्ता समूह सचिव सुभद्रा बर्तौलाले जानकारी दिइन् । हाल ट्वाइलेट, बामरुमसहित ६ कोठे भवन बन्ने सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष बालकृष्ण बिडारीले बताए ।
कार्यक्रममा वडा अध्यक्ष जुना दाहाल, वडा सदस्य गोपिनी सापकोटा, गीता सुनार, सञ्जय बिडारी, विकास नेपाल, टोलविकास संस्था वडा समन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्यलगायत विभिन्न पार्टीका वडा अध्यक्ष, टोलविकास संस्था अध्यक्ष, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि