19 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाआउँदो वर्षबाट अटिजम विद्यालय

आउँदो वर्षबाट अटिजम विद्यालय

हेटौंडा/अटिजम भएका बालबालिकालाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिकाले विद्यालय सञ्चालन गर्ने भएको छ । विश्व अटिजम जनचेतना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख मीनाकुमारी लामाले उपमहानगरले हेटांैडा–११, थानाभर्‍याङमा विद्यालय सञ्चालनका लागि बजेट व्यवस्थापन गर्ने बताइन् ।

उपमहानगरले महिलाहरुको भवन निर्माणका लागि डीपीसीसमेत भइसकेको जमिनमा विद्यालय सञ्चालनको तयारी थालिएको उनले जानकारी दिइन् । पछिल्लो समय अटिजम भएका बालबालिकाका अभिभावकले निजी क्षेत्रबाट सञ्चालन भएका विद्यालयबाट चर्को शुल्क असुलेको गुनासो गरिरहेको सन्दर्भमा अब सबै परिवारलाई लक्षित गर्दै उपमहानगर विद्यालय सञ्चालनको बाटोमा अघि बढेको बताइन् । जनचेतना दिवसको सन्दर्भमा हेटौंडा–४ मा रहेको सेन्टर फर अटिजममा अभिभावकसँगको कार्यक्रममा नगर प्रमुख लामाले नजिकबाट यसको विषयमा जानकारी नलिँदा सबैलाई उस्तै सोच्ने गरेकाले हाल समस्या देखिएको भन्दै अब सुधार गरेर जाने पक्षमा नगरपालिका रहेको बताइन् । अटिजम र शारीरिक अशक्त बालबालिकालाई एकै ठाउँमा राख्दा समस्या देखिएको उनले बताइन् । उनले भनिन्‌–नगर क्षेत्रमा सबै खालका बालबालिकालाई शिक्षाबाट टाढा नराख्ने सोचसहित काम गरियो । हाल फरक विषय उपमहानगरसम्म आएको छ । यसलाई सुधार्ने छौं । अब समाजले के भन्ला भन्ने होइन, परिवारिक हिसाबले अभिभावक बाहिर आउँदै बालबालिकाको अधिकारलाई कुन्ठित नबनाउन उनको आग्रह छ ।

आफ्‌ना बालबालिकाको अवस्था पहिचान नगरी मन्टेश्वरी र निजी विद्यालयका कक्षाहरुमा राखेपछि समस्या झन् बढ्दै जान्छ । यस विषयमा अभिभावक सचेत भएर बालबालिकाको अवस्था बुझ्‌नु जरुरी रहेको उनले बताइन् । हाल सेन्टर फर अटिजममा उपमहानगरपालिका क्षेत्रका ३२ बालबालिका अध्यापन गर्दै आएका छन् । कार्यक्रममा बालबालिकाका अभिभावकले अटिजमको विषयमा स्थानीय तहलाई जिम्मेवार बन्न आग्रह गरे । सेन्टर उपाध्यक्ष शेखर थपलियाले अभिभावकले बालबालिकाको अवस्था नबुझ्‌दा समस्या भइरहेको बताए । उनले हाल मन्टेश्वरी, निजी क्षेत्रका नर्सरी कक्षा, अन्य विद्यालयमा बालिकालिकालाई अभिभावकले पठाउँदा भविष्यमा समस्या हुने बताए । उनले भने–कति अभिभावकले महंगो शुल्कमा मन्टेश्वरी पठाएका छन् । ती बालबालिकाले अन्य जसरी अध्यापनमा ध्यान दिए/नदिएको अध्ययन गर्ने कोही नहुँदा समस्या बढ्दै गएको छ । ‘हामीले सञ्चालन गरेको विद्यालयमा हाल पनि बालबालिका राख्नुपर्‍यो भन्दै कति अभिभावक आए पनि स्थान अभावले समस्या भएको छ,’ उनले जानकारी दिए । सेन्टर फर अटिजम अध्यक्ष हरिकृष्ण मैनालीको सभाध्यक्षतामा भएको जनचेतना दिवसको कार्यक्रममा सचिव अस्मिता कालिका, कोषाध्यक्ष निश्ला श्रेष्ठ, सदस्य उमा पौडेल, थेरापिष्ट डा. श्रमिका श्रेष्ठको आतिथ्यता थियो ।

के हो अटिजम ?
अटिजम बालबालिकाको वौद्धिक क्षमतामा कमी आउने रोग भएको हेटौंडा अस्पतालका बालरोग विशेषज्ञ डा. हरिबहादुर खड्काले बताए । उनका अनुसार यस्तो समस्या छोरामा भन्दा छोरीमा बढी देखिने गरेको पाइएको छ । हरेक ३६ जनामा १ जनामा अटिमज देखिने अध्ययनले देखाएको उनले जानकारी दिए । उक्त समस्या रहे/नरहेको १८ महिनादेखि २४ महिनासम्म पत्ता लाग्ने र ६ महिनासम्म उसको चारित्रिक अवस्था हेरेर पत्ता लाग्ने उनले बताए । उनका अनुसार अन्य रोग वा बालबालिकामा देखिएका समस्या जस्तो अटिजम भएका बालबालिकामा औषधि खुवाएर ठीक हुने भन्ने हुँदैन । विभिन्न प्रकारका थेरापीबाहेक रोग निराकरणका लागि अन्य कुनै प्रविधि नभएको बताएका उनका अनुसार अटिजम भएका बच्चाले अरुको बारे वास्ता नगर्ने, आँखामा आँखा जुधाएर कुरा गर्न नसक्ने, उमेरअनुसार बोल्न नसक्ने र एकै प्रकारको व्यवहार बारम्बार गरिरहने जस्ता समस्या देखिने गर्दछ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here