20 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाडुबेर ३ बालकको मृत्यु

डुबेर ३ बालकको मृत्यु

हेटौंडा/गत असोजमा कुलेखानी जलाशयको ड्यामका ढोका खोलेर पानी छाड्दा खोलामा आएको बाढीले ढुंगाको ओढारमा बनाएको दहमा डुबेर ३ बालकको ज्यान गएको छ । असोज १२ गते आएको पानीले सिस्नेरीको सडक बगाएर बनेको खाल्डोमा उनीहरु नुहाउन गएका थिए ।

मकवानपुरको इन्द्रसरोवर गाउ“पालिका–३ स्थित सिस्नेरी खोलामा डुबेर सोमबार दिउ“सो करिब साढे ४ बजे ३ बालकको ज्यान गएको हो । काभ्रे घर भइ मामाघर आएका दुई बालक र स्थानीय एक बालकको सिस्नेरी बजारपछाडि ओढार जस्तो खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जानकारी दिएको छ ।

इन्द्रसरोवर–३, सिस्नेरी डोडारेका श्यामबहादुर आचार्यका छोरा १२ वर्षीय सुसन आचार्य, काभ्रेको फूलबारी दाप्चा घर भएका १५ वर्षीय प्रवीण घोरसैनी र प्रविश घोरसैनीको डुबेर मृत्यु भएको हो । घोरसैनी जुम्ल्याहा दाजुभाइ हुन् भने आचार्य मामाका छोरा हुन् । उनीहरु सिस्नेरी खोलाको ढुंगाको ओढारमा जमेको पानीमा घरबाट पौडी खेल्न गएको प्रहरीले बताएको छ । असोजमा कुलेखानी जलाशयको ड्यामका ढोका खोलेर पानी छोड्दा सिस्नेरी खोलामा आएको बाढीले ढुंगाको ओढारमा दह बनेको थियो । स्कुल बिदा भएपछि बिदा मनाउन मामाघर आएका उनीहरु मामाको छोरा सुसनस“ग नुहाउनका लागि खोलामा गएका थिए ।

सोही वडाका अध्यक्ष प्रताप भोम्जनका अनुसार तीन जना खोलामा नुहाउन भनेर निस्किएका थिए । अबेरसम्म पनि घर नफर्किएपछि परिवार हेर्न जा“दा खोलाकिनारमा कपडा र चप्पल देखिए पनि बालकहरु नदेखेपछि डुबेको आशंकामा खोजतलास गर्दा डुबेको अवस्थामा मृत भेटिएका थिए । मृतक बालकहरुको शव पोस्टमार्टम गर्न हेटौंडा अस्पताल ल्याइएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here