हेटौंडा/वनविज्ञान अध्ययन संस्थान हेटौंडाको वर्ष २०३५/०३७ ब्याचमा अध्ययन गरेका विद्यार्थी समूहको भेटघाट तथा पुनर्मिलन कार्यक्रम भएको छ । हेटौंडा–१० स्थित वनविज्ञानमा अध्ययन संस्थानमा शनिबार नेपालभरका तत्कालीन ४० विद्यार्थीको उपस्थितिमा कार्यक्रम भएको हो ।
भेटघाटमा स्थानीय २ जना थिए । बाँकी सबै बाहिरी जिल्ला घर भएकाहरुको उपस्थिति थियो । उत्तम कटुवालको संयोजकत्वमा भएको कार्यक्रममा राकेश कर्नर, जीवन गुरुङ र अरुण कर्नर, वसन्त शर्माको सहयोग थियो । ४४ वर्षपछि भेटघाट गर्न सामाजिकसञ्जालले सहयोग गरेको संयोजक कटुवालले बताए । रमाइलो जमघटमा धरान र बिराटनगरदेखि झापासम्मका विद्यार्थी उपस्थित थिए । पढाउने शिक्षक ४ जना अझै रहेको र आफूहरुको सम्पर्कमा रहेको उनीहरु सुनाउँछन् । वनविज्ञान अध्ययन संस्थान प्रमुख शिवकुमार माञ्जन र मकवानपुर वन डिभिजन कार्यालय प्रमुख राकेशप्रसाद चन्द्रवंशी पनि कार्यक्रममा उपस्थित थिए ।
उक्त क्याम्पसका अध्ययन गरेका ४१ जना वन मन्त्रालयअन्तर्गत् विभिन्न प्राविधिक पदमा सेवा गरी सेवानिवृत्त भइसकेका छन् । भेटघाटमात्र नभएर नया“ पुस्तालाई सन्देश दिन खोजिएको कटुवालले बताए । उनले भने–जहाँ छौं, वनसँग संवेदनशील छौं । त्यही दर्शाउन पनि यहाँ आएको छौं । ‘त्यस बेला शिक्षाको निकै महत्व थियो । उक्त ब्याचमा १ सय २० जना अध्ययनरत्मध्ये १६ जनाको निधन भइसकेको छ ।