हेटौंडा/सरकारको नीति, कार्यक्रम र बजेट दलित महिलालक्षित नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् । दलित महिला संघ (फेडो) मकवानपुरको आयोजनामा सोमबार हेटौंडामा भएको ॅसामाजिक समावेशीकरण–दलित महिलाको अवस्था र सरोकारवालाको भूमिका’ विषयक बागमती प्रदेशस्तरीय अन्तत्र्रिmयामा उनीहरुले गुनासो गरेका हुन् । सरकारले दलित महिलाहरुका लागि छुट्याएको बजेट पहु“चका आधारमा दलित पुरुषमा पुग्ने गरेको उनीहरुको बुझाइ छ ।
तीन वटै तहको सरकारले दलितको क्षेत्रमा न्यून बजेट विनियोजन गर्ने गरेको उनीहरुको भनाइ छ । राज्यका महत्वपूर्ण निकायहरुमा अर्थपूर्ण नेतृत्वका लागि अभियान नै सञ्चालन गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताएका छन् । अन्य समुदायको तुलनामा दलित महिलाहरुको शिक्षामा कम पहुँच भएकोले आर्थिकरुपमा सबल हुन नसकेको उनीहरुले बताएका छन् । दलित महिलाहरुले उत्पादन गरेको वस्तुको बजारीकरणमा समेत समस्या पर्ने गरेको उनीहरुको गुनासो छ । आर्थिकरुपमा नै दलित समुदायलाई सबल बनाउन सरकारले लगानीमा बृद्धि गर्नुपर्ने उनीहरुको धारणा छ । दलहरुको राजनीतिक कुचक्रमा दलित, अल्पसंख्यक, पिछडिएका वर्गहरु पर्न नहुने उनीहरुको भनाइ छ ।
दलित महिलाहरुको राजनीतिक पहुँच सुनिश्चित्त गर्ने नीति पनि सरकारले अख्तियारी गर्नुपर्ने उनीहरुको माग छ । समाजमा दलितहरु अन्य समुदायस“ग प्रतिस्पर्धा गर्न तयार भए पनि उचित वातावरण निर्माण हुन नसकेको उनीहरुले उल्लेख गरेका छन् ।
अब बन्ने सरकारको नीति, कार्यक्रम र बजेटमा लैंगिक र सामाजिकरुपमै विशेष सम्बोधन हुने नीति ल्याउनुपर्ने उनीहरुको भनाइ छ । कार्यक्रममा नेपालभर हिंसापीडित दलित महिलाको कुल संख्या ११ दशमलव ५४ प्रतिशत् रहेको जानकारी गराइएको छ । फेडो मकवानपुर अध्यक्ष पवित्रा बिश्वकर्माको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।