27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडारात्रिकालिन व्यवसायको पक्षमा उपमहानगर

रात्रिकालिन व्यवसायको पक्षमा उपमहानगर

हेटौंडा/हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले रात्रिकालिन व्यवसायको पक्षमा उपमहानगर रहेको बताएकी छन् । शनिबार मकवानपुर होटल एसोसिएसनको १६ औं साधारणसभा एवम् ७ औं अधिवेशनमा उनले प्रदेश राजधानी हेटौंडामा २४ सै घण्टा व्यवसाय सञ्चालन हुनुपर्छ भन्ने मान्यता आफूहरुको रहेको बताइन् । त्यसका लागि अनुशासन र सुरक्षाको जिम्मेवारी सबै पक्षले लिनुपर्ने उनको भनाइ छ ।

नगर प्रमुख लामाले हेटौंडा शहरलाई मर्यादित, सुरक्षित बनाउने गरी होटल व्यवसायहरु सञ्चालन गर्नुपर्ने बताइन् । उनले हेटौंडामा आएका पर्यटकहरुलाई हेटौंडामा केही दिन बस्नसक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । नगर प्रमुख लामाले राप्ती र कर्रा खोलालाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने प्रक्रिया अघि बढिसकेको बताइन् । होटल व्यवसायी महासंघ नेपाल केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले पुराना ऐनहरुमै टेकेर आफूहरुले काम गर्नुपरेको बताए । संघ र प्रदेश सरकारसमक्ष पर्यटन ऐन संशोधनका लागि विगतदेखि आवाज उठाउँदा हालसम्म संशोधन हुन नसकेकोमा उनले असन्तुष्टि जनाए । अध्यक्ष चुकेले पर्यटन क्षेत्रमा सरकारले विनियोजन गरेको बजेट कहाँ र कसरी खर्च हुन्छ भन्ने आफूहरुलाई नै थाहा नभएको बताए ।

मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले नेपालको पर्यापर्यटनलाई टेवा पुग्ने गरी होटल व्यवसायहरु सञ्चालन गर्नुपर्ने बताइन् । सुस्ताएको अर्थतन्त्रलाई माथि उठाउन पहिचान भएका गन्तव्य विकास गर्न जरुरी भएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले नेपाललाई पर्यटनका दृष्टिले विश्वकै सुरक्षित र आकर्षकस्थानका रुपमा चिनाउनुपर्नेमा जोड दिइन् । कार्यक्रममा पुराना होटल व्यवसायी बुद्धिबहादुर लामा र अमृतरत्न मानन्धरलाई सम्मानित गरिएको थियो । संस्थाको योगदानमा सहयोग पुर्‍याउने व्यक्तित्वहरुलाई पनि कदरपत्र प्रदान गरिएको थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here