20 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडास्थापना दिवस बटुकहरुसँग

स्थापना दिवस बटुकहरुसँग

हेटौंडा/साना किसान कृषि सहकारी संस्था लिमिटेडले १५ औं स्थापना दिवस गुरुकूलका बटुकहरुस“ग मनाएको छ । सोमबार सहकारीले हेटौंडा–१८, हर्नामाडी ठूलोदमारस्थित वैदिक स“स्कृत गुरुकूलमा खाना खुवाएर स्थापना दिवस मनाएको हो ।

आश्रममा आश्रित १६ जना बटुकहरुलाई दिनभरको खाना खुवाइएको छ । कार्यक्रममा सहकारी अध्यक्ष रेखा खतिवडाले उद्यमी महिलालाई सहकारीले विशेष प्रोत्साहनस्वरुप ऋण उपलब्ध गराइरहेको बताइन् । सहकारीले भावी दिनमा थप नवीनतम् र आकर्षित सेवा उपलब्ध गराउन बचतकर्ता र सहकारी सदस्यहरुको सहयोगका लागि उनले अपिल गरेकी
छन् । यसअघि सहकारीले स्थापना दिवसमा वृद्धाश्रममा खाना खुवाउने तथा अन्तत्र्रिmयात्मक कार्यक्रम गर्ने गरेको थियो ।

संस्थामा १ हजार ५६ महिला सदस्य आवद्ध छन् । सहकारीमा २ सय १४ समूह छन् । जसमा १ हजार ७ सय जनाले नियमित बचत गर्छन् । सहकारीको शेयर पु“जी १ करोड १० लाख छ । १ करोड २४ लाख ३० हजार ९ सय १८ जगेडाकोष, निक्षेप संकलन ६ करोड ४६ लाख ४२ हजार ६ सय ८८ र ३८ लाख सहकारीको कुल नाफा रहेको संस्था व्यवस्थापक माधब पुडासैनीले बताए ।

मलविउ बिक्रीवितरण, दूध संकलन तथा बजारीकरण, कृषिऔजार वितरण, धान पकेट कार्यक्रम, मकै पकेट, दानाचोकर वितरण कार्यक्रम सञ्चालन जस्ता सेवा सहकारीले दि“दै आएको उनले बताए । सहकारीले दैनिक १ हजार ४ सय लिटर दूध सकलन गर्ने गरेको व्यवस्थापक पुडासैनीले बताए । सहकारीको लगानी १७ करोड १२ लाख ४१ हजार ६ सय ४५ छ । जम्मा कारोबार २० करोड बराबर छ । संस्थाले पशुजन्य सेवा, पशुपालन कर्जा, बागमती प्रदेशअन्तर्गत् सहुलियतपूर्ण कर्जा, ग्रामीण उद्यम कर्जा, लघु प्रवद्र्धन कर्जा ऋण सेवाअन्तर्गत् दिइरहेको छ । कार्यक्रममा आश्रम अध्यक्ष खेटराज दुलाल, आश्रम प्राचार्य खगेन्द्र कोइराला, ज्योति मावि हर्नामाडी व्यवस्थापन समिति अध्यक्ष हर्क रम्तेल, गुरुकूल उपाध्यक्ष जीतेन्द्र नेपाल, सहकारी सल्लाहकार केशबराज पण्डितलगायतको उपस्थिति थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here