21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडानापतौल शिविर सम्पन्न
spot_img

नापतौल शिविर सम्पन्न

spot_img

हेटौंडा/व्यवसायीले आफ्‌ना बस्तु बिक्रीका क्रममा प्रयोग गर्ने नापतौल उपकरणहरु नियमित जाँच, दर्ता तथा नवीकरण गर्नुपर्ने हुन्छ । मकवानपुर जिल्लाका व्यवसायीहरुले आफ्‌नो कार्यस्थलमा प्रयोग गर्ने नापतौल उपकरणहरु गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जबाट जाँच गराइ दर्ता तथा नवीकरण गर्नुपर्दछ ।

व्यवसायीहरुलाई मकवानपुर जिल्लाका विभिन्न स्थानबाट वीरगञ्जसम्म गइ नापतौल उपकरण दर्ता तथा नवीकरण गर्न सहज छैन । तसर्थ मकवानपुर उद्योग वाणिज्य संघको समन्वय तथा व्यवस्थापनमा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जबाट खटिआउने टोलीमार्फत् नापतौल उपकरणहरु जाँच, दर्ता तथा नवीकरण विगतदेखि नै गर्दै आएको छ ।

- Advertisement - Ad Banner

यस पटक मकवानपुर उद्योग वाणिज्य संघले फागुन २५ देखि २७ गतेसम्म तीन दिन नापतौल कार्यको व्यवस्थापन गरेको थियो । फागुन २५ गते मकवानपुर उद्योग वाणिज्य संघ भवनमा, २६ गते भीमफेदी र हेटौंडा बसपार्कस्थित माछामासु बजारमा र २७ गते चौघडामा नापतौल उपकरणहरु दर्ता तथा नवीकरण गरिएको थियो । नापतौल टोलीका अनुसार यस पटक कुल १ सय ४३ व्यवसायीले आफ्‌नो नापतौल उपकरण दर्ता तथा नवीकरण सेवा लिएको र अन्य इच्छुक व्यवसायीहरुलाई जानकारीमूलक परामर्श दिइएको थियो । सुनचाँदी व्यवसायीहरुलाई संघको सहजीकरणमा नापतौल प्रशिक्षणसमेत दिइएको थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि