31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकालीराजको मार्मिक प्रस्तुतिमा ‘परदेशी’

कालीराजको मार्मिक प्रस्तुतिमा ‘परदेशी’

हेटौंडा/जस्तोसुकै र जुनसुकै विधाका गीतहरुलाई आफ्‌नो सुमधुर स्वरले न्याय दिनसक्ने मकवानपुरका युवा गायक दीपकराज कालीराजको आवाजमा नयाँ नेपाली गीत ‘परदेशी’ सार्वजनिक भएको छ । आफ्‌नो घरपरिवार एवम् गाउँघरको माया, देशप्रेम तथा परदेशी जीवनको संवेदनशील कथालाई समेटेर तयार पारिएको गीतमा बी. पाण्डेको शब्द रचना, वीपी वाग्लेको संगीत र भद्र ओलीको एरेञ्ज छ । गीतलाई चन्द्र चौधरीले मिक्सिङ गरेका छन् भने एकोस्टिक स्टुडियोमा रेकर्डिङ सम्पन्न गरिएको छ ।

गीतको भिडियोमा मदन सिलवाल, राजा राजपुत, सुरज खाती, गायक दीपकराज कालीराज आफैंले र अन्य म्युजिसियनले अभिनय गरेका छन् । छायांकन धर्म मानन्धरले गरेका हुन् भने सम्पादन निराजनसिंह ठकुरीले गरेका छन् । भिडियोलाई पार्वती चापागाईंले निर्देशन गरेकी छिन् भने शितल वाग्ले सहनिर्देशक छन् । नेपाल सरकारद्वारा राष्ट्रियस्तरमा सञ्चालन गरिएको पहिलो गायन रियालिटी शोमा १६ वर्षदेखि ४० वर्षसम्मका ६५ जना प्रतियोगीले भाग लिएका थिए । आधुनिक, लोक, पप तथा र्‍याप विधामा अभिरुचि राख्ने प्रतियोगीले आफ्‌ना गीतका भिडियो पठाएर प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता विजेता बनेका दीपकराज कालीराजलाई सहआयोजक मिशन सञ्चार मल्टिमिडिया ग्रुप अध्यक्ष चापागाईंले नयाँ गीत रेकर्डिङका लागि सम्झौता गरेकी थिइन् ।

गीतबारे कालीराजले भने–मेरो लागि यो अवसर अत्यन्त महत्वपूर्ण छ । परदेशी गीतमार्फत् मैले नेपाली स्रोताहरुसँग भावनात्मक सम्बन्ध स्थापित गर्न चाहन्छु । मलाई आशा छ सबैले माया गरी मन पराउनुहुनेछ र यो मेरो पहिलो प्रस्तुति भएकाले पनि यहाँहरुको मायाको अपेक्षा गर्दछु । नेपालको पहिलो राष्ट्रिय युवागायन प्रतियोगिताका विजेता दीपकराज कालीराजको आवाजमा ‘परदेशी’ सार्वजनिक भएसँगै संगीतप्रेमीहरुबाट सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरिएको छ । उक्त गीत मिसन इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here