21.7 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडापहिरोले पुरियो स्काभेटर
spot_img

पहिरोले पुरियो स्काभेटर

spot_img

हेटौंडा/मकवानपुरमा सडक खन्ने क्रममा पहिरोले स्काभेटर पुरिएको छ । मकवानपुरको भीमफेदी गाउ“पालिका वडा नम्बर–९, च्यानपाखास्थित सडक खन्ने क्रममा माथिबाट ठूलो ढुंगासहित पहिरो खस्दा स्काभेटर दुर्घटनामा परेको हो ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास हेटौंडाद्वारा निर्माण हुन लागेको गोलमोडदेखि फापरबारी जाने भित्र सडकखण्डको नया“ सडक खन्ने क्रममा माथिबाट ढुंगासहित पहिरो खसेर स्काभेटरको केही भाग पुरेको हो । पहिरोले वाप्र ३–०१–००३ क ६८०९ नम्बर स्काभेटर आधा भाग सोही पहिरोमा पुरिएर क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । स्काभेटर घटनास्थल पुरिएको अबस्थामा रहेको र निकाल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि