हेटौंडा/हेटौंडा उपमहानगरपालिकका तीन वटा वडामा किसानले पालेको बंगुरमा फैलिएको अफ्रिकन स्वाइन फिवर नियन्त्रणमा आएको छ । पशुसेवा कार्यालयले प्रभावित वडामा कीटनाशक चुना छर्ने, सरसफाइ, प्रभावित क्षेत्रबाट बंगर ओसारपसारमा गरिएको कडाइ तथा अन्य चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि स्वाइन फिवर नियन्त्रणमा आएको हो ।
ॅअफ्रिकन स्वाइन फिवरबाट धमाधम बंगुर मर्न थालेपछि हामीले सरसफाइस“गै नियन्त्रण अभियान चलायौं,’ पशु ेवा कार्यालय हेटौंडा प्रमुख डा. ब्रजकिशोर ठाकुरले भने–हाल फिवर नियन्त्रणमा आइसकेको छ । मंसिरदेखि फैलिएको स्वाइन फिवरबाट हेटौंडा उपमहानगरपालिका–१, ११ र १७ मा किसानले पालेका दुई सयभन्दा बढी बंगुर मरेका थिए । पशुसेवा कार्यालयले तीन लाख भेंडाबाख्रामा पीपीआर खोप लगाएको छ । कार्यालयले माघ २४ देखि ३० गतेसम्म मकवानपुरका १० वटै पालिकामा सञ्चालन गरेको खोप कार्यक्रमअन्तर्गत् तीन लाख भेंडाबाख्रामा पीपीआर खोप लगाएको पशुसेवा कार्यालय प्रमुख डा. ठाकुरले बताए ।
भ्याक्सिनेटरले कृषक समूह, सहकारी तथा व्यक्तिगत् फार्मका साथै घरदैलोमा पुगेर खोप अभियान सञ्चालन गरेको उनको भनाइ छ । पशुपालनतर्फ बाख्रा पाल्ने किसानको संख्या बढ्नुका साथै भेंडाबाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण र रोकथाममा प्रदेश सरकारको निर्देशअनुरुप कार्यान्वयनमा खोप अभियान सञ्चालन गरिएको उनले बताए ।
पशुसेवा कार्यालयले मकवानपुरमा किसानले पालेको आठ हजार गाईभैंसीमा लम्पीस्किनविरुद्ध खोप लगाएको छ । कार्यालयका पशु चिकित्सक डा. विजय पौडलका अनुसार हेटौंडासहित जिल्लाका विभिन्न पालिकाका किसानले पालेको आठ हजार गाईभैंसीमा लम्पीस्किनविरुद्ध खोप लगाइएको छ । खोप कार्यक्रमअन्तर्गत् हेटौंडा उपमहानगरपालिका–९, १२ र १५ तथा मनहरी गाउ“पालिका–६ र ७ मा छ हजारभन्दा बढी पशुमा खोरेत रोगविरुद्ध खोप लगाइएको जनाएको छ । पशुको बढी आवतजावत हुने ती स्थानमा खोरेत रोगविरुद्ध अभियान चलाइएको पशु चिकित्सक डा. पौडैलले बताए । जिल्लाका एक हजार कुकुर तथा बिरालोमा रेबिजविरुद्ध खोप लगाइएको जनाएको छ ।