हेटौंडा/नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ मनहरी गाउ“पालिका कमिटीको अध्यक्षमा सर्वसम्मत्रुपमा प्रकाश स्यांतान चुनिएका छन् । मनहरी गाउ“पालिका–७ स्थित बुद्धशान्ति हरितपार्कमा आयोजना भएको दोस्रो अधिवेशनबाट स्यांतान सर्वसम्मत्रुपमा अध्यक्षमा चुनिएका हुन् । उनी यसअघि आयोजक कमिटी संयोजक थिए ।
स्यांतानको अध्यक्षतमा गठित संघ उपाध्यक्षमा सुरेन्द्र थिङ, सचिवमा अस्मिता प्रजा, कोषाध्यक्षमा गोपी लामा र उपसचिवमा विशाल पौडेल र राजेन्द्र मोक्तान छन् । हालको कमिटी २२ सदस्यीय रहेको र आगामी दिनमा अन्य ३ जना सदस्य मनोनित गरेर पूर्ण कमिटी बिस्तार हुने अध्यक्ष स्यांतानले जानकारी दिए ।
दोस्रो अधिवेशन उद्घाटन गर्दै राष्ट्रिय युवा संघ नेपाल उपाध्यक्ष महाराज गुरुङले हाल नेकपा एमालेको सम्पूर्ण ध्यान जरा अभियानमा केन्द्रित रहेको बताए । उनले २०८४ मा हुने तीनै तहको निर्वाचनमा विजय हासिल गर्ने गरी नेकपा एमालेले जरा अभियानलाई चुस्त, दुरुस्त पार्ने काम गरिरहेको बताए । कार्यक्रममा राष्ट्रिय युवा संघ केन्द्रीय कमिटी, प्रदेश कमिटी तथा जिल्ला कमिटीका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने पार्टीका तर्फबाट शुभकामना मन्तव्य व्यक्त भएको थियो ।