31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकिङ्कम र फ्रिडम फाइटर फाइनलमा

किङ्कम र फ्रिडम फाइटर फाइनलमा

हेटौंडा/हेटौंडामा जारी दसौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ॅए’ साइड रनिङशिल्ड फुटबल प्रतियोगिताको फाइनलमा फ्रिडम फाइटर भेट्रान्स र किङ्कम भेट्रान्स प्रवेश गरेका छन् ।

आइतबार हेटांैडा–४ स्थित हुप्रचौर खेलमैदानमा सम्पन्न प्रतियोगिताअन्तर्गत् फ्रिडम फाइटर भेट्रान्सले बानेश्वर फ्रेण्डसिप भेट्रान्सलाई १–० गोलअन्तरमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने किङ्कम भेट्रान्सले आयोजक हेटांैडा भेट्रान्स क्लबलाई ५–३ गोलअन्तरमा पराजित गर्दै फाइनल प्रवेश गरेको हो । फ्रिडम भेट्रान्सका तर्फबाट छैटौं मिनेटमा कृष्ण मालाकारले गरेको एकमात्र गोल निर्णायक बनेको थियो । खेलमा म्यान अफ दी म्याच गोलकर्ता मालाकार घोषित भएका थिए ।

किङ्कम भेट्रान्सका तर्फबाट ७ औं मिनेटमा सरोज थापा र निरजसिं बस्नेतले २८ औ मिनेटमा गोल गरेका थिए भने किशोर नेपालीले १२ आंै, ४२ औं र ४४ औं मिनेटमा गोल गर्दै टिमलाई विजयी बनाएका थिए । हेटौंडा भेट्रान्सका तर्फबाट ३१ औं मिनेटमा प्रकाश महर्जनले गोल गरेका थिए भने दीपक लामाले ३७ औं र ४१ औं मिनेटमा गोल गर्न सफल भएका थिए । खेलको म्यान अफ दी म्याच किङ्कम भेट्रान्सका किशोर नेपाली घोषित भएका थिए । प्रतियोगिताको फाइनल सोमबार दिउ“सो २ बजे हुने प्रतियोगिता संयोजक मणिराज गौतमले बताए ।

प्रतियोगिताको मुख्य प्रायोजक हेटौंडा उपमहानगरपालिका छ भने सहप्रायोजक हेटौंडा स्कुल अफ म्यानेजमेन्ट छ । प्रतियोगितामा पहिलो हुने समूहले एक लाख ५० हजार ५ सय ५५ र दोस्रो हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्ने संयोजक गौतमले बताए । विधागत् खेलाडी, सर्वश्रेष्ठ कोच, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डरलाई जनही ५ हजार र म्यान अफ दी सिरिजलाई १० हजार पुरस्कार छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here