हेटौंडा/बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ११५ औं श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । ॅसबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नारासाथ मार्च ८ का दिन विदस विश्वभर मनाइएको छ । दिवसको अवसरमा प्रदेश प्रमुख देवकोटाद्वारा प्रकाशित शुभकामना सन्देशमा भनिएको छ–बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
महिलाको हकअधिकारको सवाललाई नेपालको संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरिएको छ । संवैधानिक व्यवस्थाबमोजिम महिलाका अधिकार राज्यका विभिन्न निकायहरुमा कार्यान्वयन भइरहेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाभित्र अधिकार सम्पन्न भएका महिलाहरु आफ्नो अधिकार स्वतन्त्रतापूर्वक उपभोग गरिरहेका छन् । यी सवाल संघीय राज्य व्यवस्थामा प्राप्त गरिएको महत्वपूर्ण उपलब्धि भएको उनले बताएका छन् ।
कानुनी व्यवस्था हु“दा पनि कतिपय अवस्थामा पितृसत्तात्मक सोचका कारण समाजमा महिलामाथि विभिन्न हिंसा, अन्याय हुनु निन्दनीय भएको उल्लेख गर्दै प्रदेश प्रमुख देवकोटाले यसको अन्त्य गर्नमा सबैले आआफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । ॅदेशबासी सम्पुर्ण नारीहरुको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिकलगायत समग्र विकासको आयाममा प्रगतिका लागि सम्पूर्णको समान सहभागिता तथा योगदान आवश्यक छ,’ उनले भनेका छन् । ॅदिवसले हामी सबैलाई नारी हकहितका पक्षमा लाग्दै उनीहरुको सशक्तीकरणमा दीगो, प्रभावकारी पहल तथा सहकार्यको लागि दरिलो पाइला अगाडि बढाइराख्न प्रेरणा प्राप्त होस्,’ उनले सन्देशमा भनेका छन् ।









