20 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडागढीमा कांग्रेसको क्रियाशील सदस्य भेला

गढीमा कांग्रेसको क्रियाशील सदस्य भेला

हेटौंडा/नेपाली कांग्रेस मकवानपुरगढी गाउ“पालिका कार्यसमितिले शनिबार अगुवा तथा क्रियाशील सदस्य भेला गरेको छ । पालिका सभापति राजवीर मुक्तानको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानिया“को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सभापति बानिया“ले कांग्रेस नेतृत्वको पालामा निर्माण भएका र गरेका विकास कार्यक्रमहरुलाई जनस्तरमा पुर्‍याउनुपर्नेमा जोड दिए । सबैको हित र गाउ“ विकासमा कांग्रेस नै आवश्यक रहेको बताउ“दै निर्वाचित जनप्रतिनिधिले पार्टी नेतृत्वले गरेका छलफल र घोषणापत्रमा उल्लेख भएबमोजिमका कामहरु कार्यान्वयनमा ल्याउनुपर्ने उनले बताए ।

कार्यक्रममा जिल्ला सभापति बुद्ध लामा, पूर्वसभापति रघुरमण न्यौपाने, जिल्ला सचिव ईश्वर पाठक, महासमिति सदस्य सूर्यबहादुर रुम्बा, क्षेत्र–१ का संघीय सभापति दामोदर खनाल, क्षेत्र–२ का सभापति लोकबहादुर मुक्तान, क्षेत्र–१ का सचिव एवम् मकवानपुरगढी गाउ“पालिका सचिव दोर्जे लामास्यांतान, क्षेत्र–१ (क) सभापति सुशान्तकुमार श्रेष्ठ, क्षेत्र–२ (क) सभापति खड्ग गोपाली, नेपाल किसान महासंघ केन्द्रीय सदस्य यतिराज सापकोटा, दलित संघकी नेतृ पवित्रा बिश्वकर्मा, मकवानपुर–काठमाडौं सर्म्पक समिति अध्यक्ष तेजप्रसाद घिमिरे, पालिका सभापति वडा–२ का सभापति रामप्रसाद पुडासैनी, पालिका तरुण दल अध्यक्ष सानोकान्छा थिङलगायतले भनाइ राखेका थिए ।

कार्यक्रममा महासमिति सदस्य सुवातसिं थिङ, प्रभात दाहाल, जिल्ला सहसचिव इन्दिरा न्यौपाने, प्रदेश समिति सदस्य जानकी लामा, क्षेत्र–१ का संघीय सचिव कविन सांगामी, २ का सचिव बलराम घिमिरे, जिल्ला सदस्य राजकुमार गोले, राजु खतिवडा, जिल्ला तरुण दल अध्यक्ष खिलराज सापकोटालगायत पार्टीका विभिन्न तहका नेता तथा पालिकाका निर्वाचित वडा अध्यक्ष एवम् जनप्रतिनिधि र वडा सभापतिहरुको आतिथ्यता थियो । भेलामा नेकपा एमालेमा श्रमिक संगठनका नेता शंकरप्रसाद न्यौपानेलगायत नेकपा माओवादी केन्द्र र अन्य दलबाट दर्जनौं व्यक्तिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here