हेटौंडा/११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सञ्चारिका समूह नेपाल मकवानपुरले शनिबार ॅसामाजिक रुपान्तरणमा पत्रकार महिलाको भूमिका, चुनौती र अवसर’ विषयक अन्तत्र्रिmया गरेको छ । कार्यक्रममा वक्ताहरुले महिला पत्रकारिताका विविध पक्ष, चुनौती र अवसरबारे आआफ्ना विचार व्यक्त गरेका छन् । कार्यक्रममा हेटौंडा उपमहानगर मेयर मीना लामाले नेपालमा महिलाले अझै पनि घरभित्रको कामलाई मात्र प्राथमिकता दिने परम्परा कायम रहेको बताइन् । उनले घरमै खाना पकाउने, बच्चा हुर्काउने जस्ता कामलाई काम नभन्ने प्रवृत्ति बदलिनुपर्ने र छोराछोरीलाई सानैदेखि समान स“स्कार दिनुपर्ने आवश्यकतामा उनले जोड दिइन् ।
ॅजसरी सकिन्छ सबैले आफ्नो ठाउ“बाट काम गर्नुपर्छ । महिलालाई ३३ प्रतिशत् अधिकारको आवाज उठाउन आग्रह गर्दछु । आन्दोलन र नेतृत्व विकासमा महिलालाई अगाडि बढाउनु हाम्रो दायित्व हो । पुरुषलाई पनि जिम्मेवार बनाउनुपर्छ,’ मेयर लामाले भनिन् । सञ्चारिका समूह बागमती प्रदेश अध्यक्ष सरिता दाहालले महिला–पुरुष समान भएर समाज रुपान्तरण गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताइन् । ॅडरलाई जित्न सके सफलता अवश्य मिल्छ । अध्ययन र अनुसन्धानमा ध्यान दिएर पत्रकारिता गर्नु आवश्यक छ,’ दाहालले भनिन् । उनले आफ्नो अनुभव साझा गर्दै थपिन्–२०६१ मा २ सय ५० रुपिया“ तलबबाट पत्रकारिता यात्रा सुरु गरेकी थिए“ । तर, मलाई पछुतो कहिल्यै भएन ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश पूर्वउपाध्यक्ष सम्झना कार्कीले पत्रकारिता क्षेत्रमा आर्थिक समस्या ठूलो चुनौती रहेको बताइन् । ॅमैले २० वर्ष पत्रकारिता गर्दा कुनै गुनासो छैन, यो मेरो पेशाप्रतिको मोह हो । पत्रकारले अरुको समस्या उजागर गर्छन्, तर आफ्नै समस्या उजागर गर्दैनन्,’ कार्कीले भनिन् । उनले पत्रकार महिलाका थप चुनौतीहरु औंल्याउ“दै महिलामैत्री वातावरण र महिलाबीच एकता आवश्यक रहेको बताइन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाईंले पत्रकारका कामको कदर गर्दै पत्रकार उपचार कोष र पेन्सन कोष स्थापना गर्नुपर्ने सुझाव दिए । उनले पत्रकार महिलाका लागि विशेष कोष स्थापना गर्न नगर प्रमुखलाई आग्रह गरे ।
स्वतन्त्र पत्रकार सुरेश श्रेष्ठले महिला इमानदार, सहनशील र निष्ठावान् हुने विशेषता उजागर गर्दै महिलामैत्री वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले सिप, दक्षता, व्यावसायिकता र सुरक्षामा जोड दि“दै सञ्चारिका समूहले विश्वसनीयता र प्रभावकारिता बढाउनुपर्ने आवश्यकता औंल्याए । नेपाल पत्रकार महासंघ प्रेस युनियन अध्यक्ष सुवास बिडारीले नया“ सोच लिएर अघि बढ्ने सबैका लागि पत्रकारितामा अवसर रहेको बताउ“दै वास्तविक पत्रकारिताको मूल्यमान्यता बचाइराख्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल मकवानपुर अध्यक्ष एमपी शर्र्माले महिलाका लागि राज्यको साथ र सहयोग आवश्यक रहेको बताए । उनले सुत्केरी कोषमार्फत् पा“च हजार रुपिया“ दिने गरेको जानकारी गराए । पत्रकार सुनिता बिष्टले महिला पनि पुरुषसरह समानरुपमा कार्यरत् रहेको भन्दै महिलाको योगदानको कदर हुनुपर्नेमा जोड दिइन् । नेपाल पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष भावना रिजालले आफूले पत्रकारिता क्षेत्रमा गरेका संघर्ष र अनुभव प्रस्तुत गरिन् । पत्रकार जमुना तामाङले मकवानपुर जिल्लाका पत्रकार महिलाको अवस्था र चुनौती समेटिएको प्रतिवेदन प्रस्तुत गरिन् ।
सञ्चारिका समूह मकवानपुर अध्यक्ष निशा गुरुङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष अञ्जना तामाङले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन रबिना घिमिरेले गरेकी थिइन् । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ मकवानपुर अध्यक्ष राजन घिमिरे (अनुराग) लगायतको विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी तथा विभिन्न संगठनका प्रतिनिधिको उपस्थिति थियो । सोही अवसरमा औषधि व्यवसायी संघ मकवानपुर अध्यक्ष नारायणलाल श्रेष्ठले समूहलाई २ सय थान सेनेटरी प्याड वितरण गरेका थिए ।